आफ्नै पिसाब पिउनेबारे मान्छेले तबमात्र सोच्छ जब उसको ज्यान जान लागेको होस् या कुनै समस्यामा परेको होस् । तर केहि यस्ता व्यक्ति छन् जसले आफ्नै पिसाब पिउँछन् । उदाहरणका लागि केन्ट, नेविंगटन की ३३ वर्षीय एक योग शिक्षिका केली ओकलीलार्इ लिन सकिन्छ । उनको दावा छ कि, आफ्नै मुत्र पिउनाले उनलार्इ लामो समयदेखि भइरहेको स्वास्थ्य समस्याबाट मुक्ति मिलेको थियो । उनले थाइराइड र लामो समयदेखि भइरहेको दुखाइबाट छुटकारा पाएकी थिइन् ।

उनले दुर्इ वर्ष पहिले समाचार एजेन्सी ‘प्रेस एसोसिएशन’लार्इ भनिन्, ‘केही मानिस यसलार्इ ‘यूरीन थेरापी’ भन्छन् तर यसलार्इ ‘यूरोफेजिया’ भनिन्छ । उनले भनिन्, मैले सुनेकी थिए पिसाब पिउनाले स्वास्थ्यलार्इ राम्रो हुन्छ र छालाको लागि राम्रो हुन्छ । त्यसपछि मेरो मनमा विचार आयो पिएर हेर्छु भन्ने र मैले पिउन सुरू गरे ।’ यसपछि उनले हरेक दिन पिसाब पिउन थालेकी छिन् । र सुतीकोको कपडालार्इ पिसाबले भिजाएर आफ्नो अनुहार सफा गर्ने गर्छिन् । उनी अगाडी भन्छिन्, ‘यसो गर्दा मेरो अनुहार चम्किलो पनि भएको छ ।’

पेशाब

तौल घटाउनका लागि पिसाब 
क्यानडाकी ४६ बर्षीय लीह सैम्पसनले ‘द सन’ संग भनिन्, ‘आफ्नो पिसाब पिउनाले तौल कम गर्न मदत मिल्छ । उनी भन्छिन्, मेराे तौल १२० केजी थियो । मलार्इ जसरी पनि तौल कम गर्नु थियो । मेरो साथीले यूरीन थेरापीको यूट्यूब लिंक पठाए । यसपश्चात मैले कसम खाए कि यस विधिबाट म मेरो तौल घटाएरै छोड्छु । र मैलै नियमित आफ्नो पिसाब पिउन सुरू गरे । अहिले मेराे ताैल पनि घटेकाे छ ।’

पेशाब

३९ वर्षीय फेथ कैंटर भन्छिन्, पिसाब पिउनाले आफूलार्इ लामखुट्टेले नटोक्ने र कुनै किसिमका खटिराहरू पनि आउँदैन् ।

डाक्टहरू पिसाब पिउनुलार्इ सहि मान्दैनन्

कतिपय डाक्टरहरूले भनेका छन् की पिसाब पिउनु स्वास्थ्यका लागि ठिक होइन् ।
डाक्टर ज़ुबैर अहमद भन्छन्, ‘पिसाब जीवाणु रहित हुन्छ भन्ने आम मान्यता रहेको छ । तर तपार्इको किड्नीमा कुनै समस्या छैन भने मात्र यो किटाणु रहित हुन्छ ।’

तर जब पिसाब शरिरबाट बाहिर निस्किन्छ तब यसमा किटाणु हुन्छ । त्यसकारण यसलार्इ पिउनाले बिरामी हुन सकिन्छ या कुनै गम्भिर शारिरीक समस्या पनि आउन सक्छ ।

अर्का डाक्टर थार्नबर भन्छन्, पिसाब पिउनाले किड्नीलार्इ नाेक्सान पुर्‍याउँछ ।

(बीबीसीबाट सुजाता मिश्रद्वारा अनुदित)