‘हाँस्नु एउटा ऊर्जा हो । यो राहत र पीडाको ओखती पनि हो,’ प्रख्यात हास्य कलाकार चार्ली च्याप्लिनले कुनै बेला भनेका थिए । हाँसोमार्फत उपचार प्राचीनकालदेखि नै सुरु भएको हो । केही वैज्ञानिक समुदायले यसको महत्व बुझी व्यवहारमा उतार्ने प्रयत्न गरेपछि हाँसोलाई प्राकृतिक औषधीका रुपमा प्रयोग गरिन थालिएको हो ।

मनोवैज्ञानिक अध्ययनअनुसार चारदेखि पाँच वर्षका बालबालिका दिनमा चार सयदेखि पाँच सयपटकसम्म हाँस्ने गर्छन् । प्रौढहरु भने दिनमा १४ देखि १५ पटक मात्र हाँस्ने गर्छन् । आजको युग प्रतिस्प्रर्धाको युग हो । हरेक व्यक्ति केही न केही पाउनकै लागि निरन्तर प्रतिस्पर्धा गरिरहेको हुन्छ । सहरिया जीवन निकै भावुक र उत्तेजित बन्दै गएको छ । छोटो समयमा धेरै काम गर्नु पर्दा मानिसमा तनाव भरिएका कारण स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परेको छ । विज्ञहरुका अनुसार मानिस दिनमा केही मिनेटमात्र हाँस्न सक्यो भने पनि केही हदसम्म स्वास्थ्य लाभ गर्न सक्छ ।

युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका प्राध्यापक डा मिचेल मिलरका अनुसार एकाबिहानै उठेर हाँस्ने मानिसको स्नायुको कोष सकारात्मक हुने भएकाले बिहानै १५ मिनेट हाँस्दा दिनभरि सकारात्मक ऊर्जा आउँछ ।

हाँसोले यसरी बनाउँछ स्वस्थ

हाँस्दा खेरी रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र मस्तिष्कमा इन्ड्रोफिन नामको रसायन उत्पादन गर्छ । यसलाई ह्याप्पी हर्मोन पनि भनिन्छ । रक्त प्रवाहमा सुधार ल्याएर यसले दिमागमा अक्सिजनको प्रभाव बढाउन सहयोग गर्नुका साथै रक्तचाप घटाई मुटुलाई स्वस्थ बनाउँछ ।

वैज्ञानिकहरुका अनुसार हाँसोले तनाव न्यून गर्छ र साँघुरिएका मुटुका धमनीहरुलाई तन्काई रक्त प्रवाह सहज बनाइदिन्छ । हाँसोले राम्रो कोलेस्ट्रोलको मात्रालाई वृद्धि गरिदिन्छ । मासिक धर्म रोकिन थालेपछि महिलामा हुने मुटु रोगको खतरालाई समेत यसले घटाउने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेका छन् ।
युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका प्राध्यापक डा मिचेल मिलरका अनुसार एकाबिहानै उठेर हाँस्ने मानिसको स्नायुको कोष सकारात्मक हुने भएकाले बिहानै १५ मिनेट हाँस्दा दिनभरि सकारात्मक ऊर्जा आउँछ ।

मनोवैज्ञानिक स्टेफाई डेभिजका अनुसार हाँसोले मानिसलाई सदाबहार जवान देखाउनुका साथै तौल घटाउँछ । तपार्इंलाई कसैले हँसाउन सक्छ भने त्यो भन्दा सफल अरु कोही नहुने उनी बताउँछिन् ।
हाँस्ने मानिस प्रायः स्वस्थ हुने, राम्रो निर्णय गर्ने र जुनसुकै चुनौतीको सामना गर्न सक्ने हुन्छ । यसले मानिसलाई सधँै सकारात्मक, खुसी र सामाजिक बनाउँछ । दिनमा करिब १५ मिनेट पेट मिचिमिची हाँस्ने हो भने तौल घट्ने विभिन्न अनुसन्धानले देखाएका छन् । राम्रो हाँसो १० मिनेट व्यायाम गरेभन्दा बढी प्रभावकारी हुन्छ ।

राम्रो हाँसो र खानाको छनौटमा पनि धेरै सम्बन्ध हुन्छ । मानिस निकै चिन्तित वा तनावग्रस्त हुँदा जंक फुड वा चकलेट खाने गरेको अध्ययनले देखाएको छ । धेरै हाँस्ने व्यक्ति बढी समय भोकै बस्न सक्छन् किनकि धैरे हाँस्ने मानिसको दिमागमा सेरोटोनिन नामक हर्मोन उत्पादन गरिदिन्छ ।

रमाइला र हास्य चलचित्र हेर्ने मानिसको हर्मोनले भोकलाई नियन्त्रण गर्न सक्ने एक अमेरिकी अध्ययनले दर्शाएको छ । राम्रो हाँसो र खानाको छनौटमा पनि धेरै सम्बन्ध हुन्छ । मानिस निकै चिन्तित वा तनावग्रस्त हुँदा जंक फुड वा चकलेट खाने गरेको अध्ययनले देखाएको छ । धेरै हाँस्ने व्यक्ति बढी समय भोकै बस्न सक्छन् किनकि धैरे हाँस्ने मानिसको दिमागमा सेरोटोनिन नामक हर्मोन उत्पादन गरिदिन्छ । यस शक्तिशाली रसायनले आसक्तिपनलाई त नियन्त्रण गर्छ नै, पेट खाली छ भने पनि सन्तुष्टि अनुभव गराइदिन्छ ।

बुढ्यौली रोक्ने सबैभन्दा गोप्य राज पनि हाँसो नै हो । हाँस्दाखेरी अनुहारमा रक्त प्रवाह बढाइदिनुका साथै आँखा चम्किलो बनाइदिन्छ र तनाव घटाइदिन्छ । तपार्इं जति हाँस्नुहुन्छ, त्यति नै चाउरी पर्ने सम्भावना हट्छ । तसर्थ विभिन्न रोगबाट मुक्त पाउन र स्वस्थ भएर बाँच्नका लागि आजैबाट बेस्सरी हासौँ ।
(एजेन्सीहरुको सहयोगमा)