---Advertisement---

शाहिलको नयॉ गित रक्सी तालैमा सार्वजनिक

On: November 4, 2018 10:26 PM
Follow Us:

जापानलाई कर्मभूमि बनाएका गायक साहिल खड्काले नयाँ गीत रक्सीको तालैमा’ सार्वजनिक गरेका छन्।तिहारको अवसर पारेर उनले आफ्नै शब्द/संगीतमा ‘रक्सीको तालैमा’ बोलको गीत सार्वजनिक गरेका हुन्।गीतमा उदयराज पौडेलको म्यूजिक एरेन्ज र ज्ञानेन्द्र शर्माले छायकन गरेको गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन ।

गीतको भिडियोमा स्ट्रकपप डान्स क्रुको नृत्य रहेको छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि सोही डान्स समुहले गरेको हो। यो डान्स समुह के–पप वर्ल्ड फेस्टिभलको विजेता समुह समेत हो।‘प्रियसी’ एल्बमबाट आफ्नो औपचारिक संगीत यात्रा थालेका साहिलको ‘त्यो मनमा’, ‘के यो माया हो’ लगायत गीत सार्वजनिक भइसकेको छ। पपगायनमा रुची राख्ने साहिल पछिल्लो गीतबाट पनि निकै आशावादी छन्। ‘तिहारमा नाच्न र झुम्न मिल्ने गीत ल्याएको छु, आशा छ दर्शकले मनपराउनुहुन्छ,’ उनले भने। nepalnewspost.com