---Advertisement---

जाडोमा जोर्नी दुख्ने समस्या तथा रुघाखोकी छ भने ,अदुवा खानुहोस

On: November 11, 2018 8:36 PM
Follow Us:

दिनप्रतिदिन जाडो बढ्ने क्रम बढ्दैछ। जाडो मौसममा स्वास्थ्यको ख्याल गर्न नसक्दा विभिन्न समस्याले सताउने गर्छ। जाडोमा देखिने समस्यामध्ये रुघाखोकी पनि एक हो। यसबाट बालबालिका, वृद्धवृद्धा तथा गर्भवती बढी प्रभावित हुनेगर्छन्।रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु बढी प्रभावित हुने गर्छन्।रुघाखोकीबाट बच्न अदुवा खानुपर्छ।अदुवामा क्याल्सियम,आइरन,कपर,जिंकलगायत तत्वहरु प्रशस्त मात्रामा रहेको हुन्छ।जाडोमा भाइल ज्वरोले पनि उत्तिकै सताउने गर्छ।यस्तो अवस्थामा खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ।

जाडो समयमा प्रशस्त मात्रामा मनतातो पानी पिउनुपर्छ।चिसो, धूँवा र धुलोबाट बच्नुपर्छ। अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूल खानुपर्छ।अदुवामा रहेको जिंगेरोल नामक तत्वले शरीरलाई महत्वपूर्ण फाइदा गर्छ।त्यसैले जाडो समयमा मांसपेशी तथा जोर्नी दुख्ने समस्या भएकाहरुले नियमित अदुवा खाने गरेमा उक्त समस्या व्यहोर्नु पर्दैन।मौसमी रोगले सताउँदा अदुवालाई मसलाको रुपमा खाएर मात्र पुग्दैन। यसलाई खानासँगै वा छुट्टै रस निकालेर पनि खानुपर्छ।अदुवाको रस मह, कागती र मन तातो पानीसँग मिसाएर खाँदा रुघाखोकी निको हुन्छ।

अदुवाका फाइदा

– जाडोमा अदुवा राखेको कालो चिया पिउँदा स्वास्थ्यलाई निकै फाइदा हुन्छ।

– अदुवा खाँदा अल्छिपन र निद्रा हट्छ।

– जाडोमा मांसपेशी तथा जोर्नी दुख्ने समस्याबाट बच्न सकिन्छ।

– रुघाखोकीबाट बच्न सकिन्छ।

– टाउको दुख्ने समस्या हट्छ।

– अपच हुने समस्याबाट मुक्ति मिल्छ।

– रक्तसंचार नियमित हुन्छ।

– नियमित अदुवा खाएमा क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ।

– टाउकोमा अदुवाको रस लगाउँदा कपाल झर्ने समस्याबाट छुटकरा पाइन्छ।

-एजेन्स