स्वस्थ हुनु भनेको रोग र दुर्बलताबाट मात्र मुक्त नभई सामाजिक,शारीरिक र मानसिक रुपमा पनि स्वस्थ हुनु हो । मुटु मानव शरीरको सम्वेनशील अङ्ग हो । मुटु विना मानव शरीर कल्पना पनि गर्न सक्दैनौ । विश्वमा मुटु रोगबाट दिनहु धेरै मानिस मर्ने गर्दछन् । गर्भधान भएको करिव ८ हप्ता भित्र बाट नै मानिसको मुटु विकशित भईसकेको हुन्छ ।जब कि तेज अवस्थामा भ्रुण करिव एक ईन्च लामो हुन्छ । मुटुमा लाग्ने रोगलाई मुटु रोग भनिन्छ । मुटु रोग विभिन्न कारणले हुने गर्दछ ।मुटु मानिसको सबै भन्दा संबेदनशिल अंग हो ।

मुटुरोग विश्वमा मानिसहरुको मृत्युको प्रमुख कारणको रुपमा रहेको छ । विभिन्न अध्यनका अनुसार हरेक वर्ष विश्वमा ७० लाख भन्दा बढी व्यक्तिले मुटुरोगका कारण ज्यान गुमाइरहेका छन् । विशेषत: पश्चिमी मुलुकहरुमा बढिरहेको हृदयघात लगायतका मुटुको समस्या पछिल्लो समयमा विकास उन्मुख देशहरुमा पनि बढ्ने क्रममा छ ।रहन सहन, खानपिन, शारीरिक कसरतको कमि र तनाबपूर्ण जीवनले नेपाल लगायतका देशमा पनि यसको प्रकोप बढ्दै गएको हो ।

आफ्नो स्वास्थ्यको सामान्य हेरचाह र दैनिक जीवनमा केहि परिवर्तन ल्याउनाले मुटुको समस्याबाट बच्न सकिन्छ । मुटुमा विशेषगरी के-कस्ता रोग लाग्छन ? यसका लक्षणहरु के-के हुन् र मुटुरोग बाट बच्न के-कस्ता सतर्कता अपनाउन पर्छ ?मुटु रोग तथा मुटु सम्बन्धी थप जानकारीका लागि बिनिता के.सि. ले वरिष्ट मुटु रोग विषशेज्ञ डाक्टर यादव भट्ट र वरिष्ट मुटु शल्य चिकित्सक डाक्टर लोक विक्रम थापा सङ्ग गरिएको कुराकानी……