उमेरभन्दा अगावै कपाल सेतो हुनु मुटु रोगको संकेत हुन सक्छ । अध्ययनअनुसार, उमेरभन्दा अगावै कपाल फुल्न थाल्ने पुरुषलाई मुटु रोगको चपेटामा आउने सम्भावना सामान्य पुरुषको दाँजोमा बढी हुन सक्छ । यो अध्ययन स्पेनको मालागामा गतअप्रिल ६ देखि ८ तारिखसम्म भएको युरोपियन एसोसिएसन अफ प्रिभेन्टिभ कार्डियोलजीको वार्षिक बैठकमा प्रस्तुत गरिएको हो । मिश्रको काहिरा विश्वविद्यालयको अनुसन्धानकर्ताले सयौं वयस्क व्यक्तिमाथि गरिएको अध्ययनपछि यो परिणाम प्रस्तुत गरेका हुन् ।अध्ययनअनुसार, धमनीको आन्तरिक पर्खालमाबोसो जम्नु र कपाल सेतो हुनुको जैविक प्रक्रियामाधेरै समानता छ । उमेरमा वृद्घि हुनुका साथै दुवैमावृद्घि हुन्छ ।

बिग्रिएको डीएनए, तनाव, सुन्नाइ, हार्मोनसम्बन्धी परिवर्तनसँगै कार्यशील कोषिकामा उमेरको लक्षणजस्तो वस्तु यो प्रक्रियामा सामान रूपले उपस्थित रहन्छ ।
आर्टरियोस्क्लेरोसिस अर्थात् धमनीको कडापनको एउटा चरण यस्तो हुन्छ, जसमा धमनीको आन्तरिक पर्खालमा बोसो जम्न लाग्छ । एथेरोस्केलेरोसिस भनिने यो चरणले गर्दा धमनीमा रक्त प्रवाहको बाटो साँगुरो हुन्छ ।अध्ययनमा सहभागीहरूमा मुटुको रोग छ वा छैन, मुटुको प्रमुख रक्त बाहिनीमा कुनै क्षति ग्रस्त त छैन भनी जान्नका लागि धमनीको आन्तरिक स्थितिको सिटी कोरोनरी एन्जियोग्राफी प्रविधिको माध्यमले जाँच गरियो ।

अनुसन्धानमा मुटुको रोग र कपालको सेतोपनाको मात्राका आधारमा सहभागीलाई दुई समूहमा बाँडियो । सेतो कपालका आधारमा अनुसन्धानकर्ताहरूले कपाल सेतो हुनुको विभिन्न चरणका लागि अंंक तय गरे । यसअनुसार पूरै कालो कपालका लागि १ अंक, सेतोभन्दा बढी कालो कपालका लागि २ अंक, कालो र सेतो कपालकोबराबर मात्राका लागि ३ अंक, कालोभन्दा बढी सेतो कपालका लागि ४ अंक र पूरै सेतो कपालका लागि ५ अंक तय गरियो ।

हरेक सहभागीको अंक दुई स्वतन्त्र पर्यवेक्षकद्वारा निश्चित गरियो । उनीहरूको मधुमेह, तनाव, रक्तचाप, धूमपान, मुटु रोगको आनुवांशिक इतिहासजस्तो मुटु रोगका लागि पारम्पारिक कारकहरूको तथ्यांकसमेत एकत्रित गरियो ।सबै तथ्यांकको विश्लेषणले के थाहा पाइयो भने,जुन सहभागीको कपाल बढी सेतो भइरहेको थियो, उनीहरूमा मुटु रोगको खतरा बढी थियो । उमेर रमुटु रोगसँग जोडिएको कारकको यसमा छुट्टै कुनैप्रभाव थिएन ।अनुसन्धानअनुसार, वास्तविक उमेर कम भए पनि कपालको सेतोपनाले व्यक्तिको बढेको जैविकउमेरको वर्णन गर्छ । यो मुटु रोगको चेतावनीको संकेत हुन सक्छ । ekantipur.com