सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविले ‘आफ्नो देश चिनौ’ अभियानको सुरुवात गरेको छ । विद्यार्थीको सिकाईलाई कक्षा कोठामा सिमित नगरी आफ्नै देशभित्रका विविध विषयमा जानकारी गराउने गरी आफ्नो देश चिनौं अभियान सुरू गरेको छ । एउटा सफल विद्याथर््ीले पुस्तकको ज्ञानसंगै देशभित्रका सामाजिक, सांस्कृतिक तथा विविध पक्षका बारेमा जानकारी हुनु आवश्यकता रहेकाले अभियान मार्फत विद्यार्थीलाई आफ्नै देशलाई चिन्ने गरी तालिम,शैक्षिक भ्रमण तथा विभिन्न कार्यक्रम सञ्चालन गरिने विद्यालयका प्रधानध्यापक डा.त्रिदिव उपाध्यायले बताए ।

‘यो अभियानले विद्यार्थीले नेपालभित्र रहेका धेरै विषयमा जानकारी पाउँछन्,‘विद्यार्थीको शैक्षिक गतिविधिमा प्रत्यक्ष फाइदा पुग्छ’ डा.उपाध्यायले भने ।
उनका अनुसार एकमहिनासम्म सञ्चालन हुने अभियानमा शैक्षिक भ्रमण, हरेक शुक्रबार राष्ट्रिय मुद्धामा केन्द्रित, नियमित पठनपाठन बाहेक हरेक विषयमा देश खोज्ने प्रयासका साथै हरेक दिन विद्यार्थीलाई नयाँ जानकारी गराउने बताए । अभियानको अभिभावक एवम् महिला अगुवा ज्योती लामिछानेले उद्घाटन गदैं विद्यार्थीलाई शिक्षकले कक्षामा पढाएको विषयबस्तुले मात्रै नपुग्ने भएकाले विभिन्न ज्ञानको दायरा फराकिलो बनाउनुपर्ने बताए । सामाजिक विकृतिलाई निरुत्साहित गर्न विद्यार्थीलाई नयाँ कानुन तथा नेपालको संविधानका बारेमा समेत जानकारी गराउनुपर्ने बताईन् ।

कार्यक्रममा सञ्चालक राजु केसीले हरेक महिना नयाँ अभियान सञ्चालन भइरहेको बताउँदै प्रत्येक अभियानले विद्यार्थीलाई सक्षम बनाउन मदत गरेको बताए । उनले एउटा अभियानको समापन लगत्तै समिक्षा समेत हुने भएकाले पनि अभियानमा अभिभावको चासो समेत बढेको बताए । यता सञ्चालक समितिका अध्यक्ष चन्द्रकु्मार केसीले विद्यार्थीलाई कितावसंगै ब्यवहारिक ज्ञानलाई प्राथमिकतामा राखेको बताए । उनले आधारभुत तह देखी मावितसम्म विद्यार्थीलाई सामाजिक, सांस्कृतिक, धार्मिक तथा आफ्नो कर्तब्यबोध गराउने बताए ।