गायक तेजिन्द्र गन्धर्वको आफ्नै जीवनकथा बोकेको गीत ‘साँईलीरीमई’ लिएर आएका छन् । निर्मला हत्याकाण्ड बारे गीत गाएरै चर्चित बनेका तेजिन्द्रको ‘साँईलीरीमई’ गीतमा उनि आफैले अभिनय गरेका छन् ।

गीतको शब्द डि.पी खनालको छ भने संगीत शंकर थापा ‘स्माइल’को रहेको छ । उदयराज पौडेलको एरेञ्ज रहेको छ । ललितपुरको रमणीय छेत्र डुकुछापमा खिचिएको भिडियोमा अनिल के मानन्धरको छायांकन र बिकास ज्ञवालीको सम्पादन र बिकाश सुवेदीको निर्देशन रहेको छ । ‘साँइलीरीमई’ गीत र भिडियोलाई डश म्युजिक नेपालप्रालीले प्रस्तुत गरेको हो । गायक तेजिन्द्र गन्धर्व भोजपुरका स्थानीय बासिन्दा हुन् ।