अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

टौवामा आगोलागीका घटना बढेपछि कृषक चिन्तामा

On: November 25, 2018 6:12 PM
Follow Us:

जलजला गाउँपालिका ४ मा पर्ने लुङदी र मोहनचोक क्षेत्रमा केहीदिनयता टौवामा आगोलागीका घटना बढेपछि कृषकहरु चिन्तामा परेका छन् । गाईभैसीको आहराका लागि घाँस भण्डारण गरेर राखिएको टौवामा एक पछि अर्को गर्दै नियोजित रुपमा आगोलागी हुन थालेपछि कृषकहरु त्रसीत भएका हुन् । केही दिनअघि मोहनचोकमा लक्ष्मी मल्लको टौवामा आगोलागी भएको घटना सेलाउन नपाउँदै शनिबार राती साढे ९ बजे लुङदीका रवी खत्रीको टौवामा आगोलागी भएको वडा अध्यक्ष भिष्म मल्लले बताउनुभयो ।

आगोलागीबाट मल्लको टौवामा रहेको करिब ९० बिटा पराल जलेर नष्ट भएको छ । यसअघि मल्लको टौवामा आगोलागी हुँदा करिब २० बिटा पराल जलेर नष्ट भएको थियो । उच्छीङखल गतिबिधि गर्ने, कृषकलाई दुख दिने र सताउने नियतले टौवामा आगजनी गरेको देखिएपछि त्यस्ता व्यक्तिहरुको प्रहरीको सहयोगमा खोजी र अनुसन्धानलाई तिब्रता दिएको वडा अध्यक्ष मल्लले बताउनुभयो ।