विमल खतिवडा (काठमाडौं)
अहिले दर्शक श्रोताले सबै भन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा पर्छ ‘सालको पातको टपरी’ । वालवालिकादेखि बृद्धबृद्धा सम्मको मुखमा झुण्डिन सफल गीत सबै भन्दा बढी तिहारमा गुन्जियो । जहा“ सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ, प्राय रोजाइमा यही गीत पर्ने गर्छ । त्यसो त सामाजिक सञ्जाल टिकटकमा यही गीतको टुक्रा राखेर भिडियो बनाउनेको जमात बाक्लो छ । गीतलाई टिकटकमा फलो गर्ने तन्नेरी बढी छन् । युट्युव भ्युज बढ्दो छ ।
गीतले सोचे भन्दा बढी चर्चा पाएपछि गायक÷गायिका, संगितकार, रचनाकार र मोडल दंग छन् । ‘ अरु गीत भन्दा यो गीत राम्रो बनेको थियो,’ गायक कुलेन्द्र विश्वकर्मा दंग पर्दै भन्छन,‘ तर गीतले यति धेरै चर्चा पाउला भन्ने लागेको थिएन ।’ उनको यो पा“चौ एल्बमको गीत हो । कुलेन्द्रलाई स्वरमा विष्णु माझीले साथ दिएकी छन् । रचना नवराज पन्तको रहेको छ भने दर्शक÷श्रोताको मन जित्ने संगित बसन्त थापाले भरेका छन् । भिडियोमा कुलेन्द्र,बसन्त संगै नायिका मरिस्का पोखरेलले अभिनय गरेकी छन् ।

‘गीतमा टिपिकल छ शब्द,’ कुलेन्द्रले भने,‘ बसन्त जीले गीतलाई मोर्डन संगितमा ढालेर सबैलाई मन पर्ने बनाउनु भएको छ ।’ कुलेन्द्रले यसअघि दर्शक श्रोताको मन जित्ने गीत नगाएका भने होइनन । उनको स्वर रहेको ‘ नजाऊ है सानु पंधेरीमा..’ ‘डा“डै फुर्के सल्लो..’ ‘जिम्बल बाको आ“गनीमा..’ ‘ रुमाल हल्लाई हल्लाई..’ ले निकै चर्चा पाए । ‘ तर यो गीतको जततातै चर्चा छ,’ सांगितिक कार्यक्रमको शिलशिलामा ४ महिना अमेरिका बसेर फर्किएका उनले भने,‘ विदेशमा पनि उत्तिकै गीतको क्रेज रहे छ ।

गीत तिजको भोलिपल्ट रिलिज गरिएको हो । सांगितिक कार्यक्रममा स्टेज उक्लनसाथ उनलाई सुरुमै दर्शक दिर्घाबाट यही गीतको फर्माइस आउंछ । उनलाई देख्न साथ दर्शकको भिडले एकोहोरो यही गीत गुनगुनाउंछ । जति पटक गाएपनि वान्समोर नआएको क्षण हुदैन । उता रचनाकार पन्त अमेरिकामा छन् । ‘ यो गीत बिल्कुलै मौलिक लोकदोहोरी हो,’ पन्तले भने,‘ ठेट नेपाली शब्दमा हल्का बिम्ब दिएर लेख्ने प्रयास गरेको छु ।’ पन्तले लेखेका गीतले श्रोताको मन जित्ने गरेको छ । ‘ डा“डै फुर्के सल्लो..’ ‘ मायालुको सहरमा, मेरो गाउ“मा घर..’ गीत अहिले पनि श्रोताले गुनगुनाउने गर्छन ।

‘एकदमै राम्रो प्रतिक्रिया पाएका छौं, युट्युवमा पनि राम्रो प्रतिक्रिया आएको छ,’ संगितकार थापाले भने,‘हामी सर्जककालागि यो भन्दा ठूलो खुशी अरु के हुन्छ ।’ गीत सबै उमेर समुहको प्यारो बनेको छ । गीतको म्युजिक एरेन्जर आशिष अविरल हुन भने म्युजिक भिडियोको निर्देशन शिव बिकेले गरेका छन् । ‘सुरुमा गीत सुन्ने बित्तिकै यसले सबैको मन जित्न भन्ने लागेको थियो,’ भिडियोमा अभिनय गरेकी मरिस्काले भनिन,‘ नभन्दै सबैको मन जित्ने गीत बन्यो, भिडियो हेरेर दर्शकले प्रतिक्रिया पठाईरहनु भएको छ, कसैले १० पटक सम्म गीत हेरे भन्दै त कसैले तिहारमा यही गीतमा नाचे, राम्रो गीत छ भन्दै फेशबुक र मोवाईलमा म्यासेज आउने गरेको छ ।’ सोमबार सांझ सम्म युट्युवमा गीतको भ्युज ५५ लाख ४१ हजार ७ सय ६९ पुगेको छ ।