?????????????????????????????????????????????????????????

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मीले रुपा गौतम हत्या काण्डको दोषी नेपाल भित्र नरहेकाले पक्राउ गर्न कठिन भएको बताएका छन् । धौलागिरि सञ्चार क्लब बागलुङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै घटनाको ९९ प्रतिशत अनुसन्धान भैसकेकाले अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गर्न मात्र बाँकी रहेको बताए ।

२०७१ साल भदौ १२ गते नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको दिन माईत गएर फर्कदैँ गर्दा मध्यपहाडी लोकमार्ग बागलुङ नगरपालिकाको बोक्सेको खाल्डोमा दिनदाहाडै धारिलो हतियार प्रहार गरी गौतमको हत्या भएको थियो । प्रहरी उपरीक्षक रेग्मीले गौतमको हत्या काण्डका बिषयमा परिवार, सरोकारवाला निकाय सबै संग छलफल गरेकाले अब शीघ्र अभियुक्तलाई पक्राउ गर्ने बताए । अभियुक्तलाई पक्राउ गर्नका लागि आवश्यक तयारी अगाडी बढाएको भन्दै सुराकीका आधारमा पनि समात्न सकिने रेग्मीले बताए । साक्षात्कार कार्यक्रममा बागलुङमा चालु आर्थिक वर्षको हालसम्म ६ वटा जबरजस्ती करणी, ४ बटा कर्तव्य ज्यान मुद्दा, ४ वटा बहुविवाह, ८ वटा अभद्र व्यवहार र १६ वटा आत्महत्या लगाएतका विषयहरुमा अनुसन्धान भइसकेको जानकारी दिए ।

समाजिक अपराध बढ्दै गएको भन्दै यसको न्यूनिकरणका लागि संगठनका कर्मचारी अनुशासनमा भएमा र समाजिक सहयोग प्राप्त भएमा प्रहरी प्रशासनलाई काम गर्न सहज हुने उनको भनाई थियो ।प्रहरी उपरीक्षक रेग्मीले बागलुङमा प्रहरी जनशक्तिको अभाव भएता पनि आर्थिक बर्षमा लागुपदार्थ बाहिरबाट आउन रोकिएको, छु्वाछ्ुत र बोक्सीको आरोप लगाउने जस्ता अपराधहरु कम भएको जानकारी दिए ।कार्यक्रममा पत्रकार कोपिला कँडेल, किरण आचार्य, रबिना बोहरा, तारानाथ आचार्य, सिर्जना पन्त लगायतले शान्ति सुरक्षाका बिषयमा जिज्ञासा तथा सुझाव राखेका थिए । कार्यक्रम क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, सदस्य कोपिला कँडेलको स्वागत र प्रदिप पन्तको सञ्चालनमा सम्पन्न भएको थियो । ebaglung.com