घर पोत्ने माटो खन्ने क्रममा पुरीयर सक्त घाईते भएकी बागलुङ नगरपालिका वडा नं ५ मालिकाकी निसा भण्डारी केसीलाई १० लाख रुपैया सहयोग गरिएको छ ।निशा भण्डारी केसी बचाउ अभियान मूल समिति वागलुङले १० लाख सहयोग गरेको हो । केसीको घरमा आयोजित कार्यक्रममा पुर्व संविधान सभाका सदस्य प्रकास शर्मा पौडेल अभियानका संयोजक तेजवहादुर कुवर सन्तोषले केसीका श्रीमान गोविन्द सापकोटा केसीलाई हस्तान्त्रण गरिएको हो ।

अभियान मार्फत संकलन भएको रकम मध्यक्ष ५ लाख नगद र ५ लाख सहकारीको मुद्धती खातामा राखी पासवुक प्रदान गरिएको छ ।केसीको ढाड देखी तलको भाग नचल्ने भएको अहिले घरमै आराम गरिरहनु भएको छ । रकम हस्तान्त्रण कार्यक्रममा वोल्दै पुर्व संविधान सभा सदस्य प्रकास शर्मा पौडेलले दुर्घटनामा शक्त घाईते तथा दिर्घ रोगीको उपचारको ग्यारेन्टी राज्यले लिनुपर्ने वताउनु भयो ।निशा भण्डारी केसी बचाउ अभियान मूल समितिका संयोजक तेजवहादुर कुवर सन्तोषको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काग्रेसका नेता जगदिशचन्द्र उपाध्याय,नेपाल रेडक्रश सोसाइटी बागलुङका उपसभापती राजेन्द्र आचार्य, नेपाली काग्रेसका क्षेत्रिय सभापती चिरञ्जीवि गौतम ,अभियानका सहसंयोजक फूलप्रसाद सापकोटा, मालिका माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी प्रसाद शर्मा लगाएतले वोल्नु भएको थियो ।

माटो खन्ने क्रममा माटोको ढिस्को खसी सख्त घाइते निशा सापकोटाको कमजोर आर्थिक अवस्था भएकोले उनको उपचारको लागी सहयोग शंकलन अभियान संचालन गरिएको थियो । निशा भण्डारी केसी बचाउ अभियान मूल समिति वागलुङका सहसंयोजक भिम वहादुर केसीको संचालनमा सम्पन्न भएको थियो । अभियान मा अझै रहकम संकलन भैरहेकोले आवश्यकता अनुसार थप सहयोग गर्दै जाने समितिले जनाएको छ ।