लामो समयदेखि अष्ट्रेलियाको विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल मुक्ति रोकाले जन्मभुमी नेपाल र जिल्लाको परोपकारी कार्य र शैक्षिक क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । उनै, रोका प्रवासी म्याग्देलीहरुको साझा संस्था मोना अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका छन् । मोना अष्टे«लियाको आगामी योजना, अन्य नेपाली सामाजिक संघसंस्थाहरुसँगको सहकार्य र मोना मार्फत जिल्लाको विकासमा कसरी सहभागिता जनाउन सकिन्छ ? भन्ने विषयमा दि नेपाल टाइम्सका लागि गोपाल छन्त्यालले गरेको कुराकानीः
प्रश्न १ःयहाँलाई स्वागत छ ।
–दि नेपाली टाइम्सलाई मेरो व्यक्तिगत र संस्थाको तर्फबाट धेरै–धेरै धन्यबाद दिन चाहान्छु ।
प्रश्न २ः मोना अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित हुनुभएको छ, अघिल्लो कार्यकालमा पनि उपाध्यक्ष हुनुहुन्थ्यो, अष्ट्रेलियामा मोनाको आवश्यकताबारे बताइदिनुस् ।
–अष्ट्रेलियामा हामी नेपालीहरु धेरै छौँ । थुपै्र खाले सपनाहरु बोकेर हामी यहाँ आएका हौँ, त्यसैले हामीसँग अवसरसँगै चुनौतीहरु पनि छन् । हुन त नेपालीहरुको साझा संस्थाको रुपमा एनआरएनए अष्ट्रेलिया पनि छ तर, उसले सबैलाई समेट्न सक्दैन्, त्यसैले हामी म्याग्देलीहरुको सुखःदुखमा साथ दिन मोनाको आवश्यकता महसुस भएको हो । यस मार्फत हाम्रो जमघट र भेटघाट हुन्छ, समस्या पहिचान, समाधानका उपाय र नयाँ योजनाहरुबारे छलफल हुन्छ । यसलाई म्याग्देलीहरुको साझा चौतारीका रुपमा विकास गर्दै लगेका छौँ ।
प्रश्न ३ः यो संस्था कति सालमा स्थापना भएको हो ?
–सन् २००७ सालमा म्याग्दी सेवा समितिको रुपमा हामीले यो संस्थालाई अघि बढायौँ । पछिल्लो तीन बर्ष यता हामीले विधान संशोधन गरेर, म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलिया भएका हौँ । मोना एउटा विश्वभर फैलिएको म्याग्देलीहरुको संस्था भएकोले त्यस मातहत हामीले अष्टे«लियामा जिल्लाबासी र समग्र नेपालीहरुको लागि सक्दो सहयोग गर्दै आएका छौँ । संस्थापक सदस्य हुदै विभिन्न तहमा रहेर संस्थालाई योगदान दिने अवसर पाएको छु । हामीले संस्थाको संस्थागत विकास तर्फ पनि ध्यान दिनुपर्ने छ, सदस्यता वितरण र त्यसको नवीकरणलाई व्यवस्थित बनाउनेछौँ ।
प्रश्न ४ः अलिकति समिक्षा गरौँ, मोना अष्ट्रेलिया साँच्चिकै म्याग्देलीहरुको साझा संस्था बन्न सकेको छ ?
–एकदमै, हामी साझा संस्था बन्न सकेका छौँ । पहिला भनेको म्याग्दी जिल्लाको कला–सँस्कृति, संभावना र विकासबारे यस क्षेत्रमा धेरथोर चिनाउन सफल भएका छौँ । दोश्रो, समस्यामा परेको म्याग्देलीहरुलाई विभिन्न ढँगले सहयोग गर्दै आएका छौँ । जस्तोः ब्रेन ट्यूमरबाट अष्टे«लियामा मुत्युवरण गरेकी म्याग्देली चेली संगीता थापा राम्जालीको उपचारको क्रममा र निधनपछि अन्य व्यवस्थापनमा ठुलो धनराशी जम्मा ग¥यौँ र सक्दो सहयोग ग¥यौँ । यसबाट हाम्रो मानवीय र परोपकारी चरित्र झल्किन्छ, यो भन्दा थुप्रै कार्यहरु हामीले गर्दै आएका छौँ । तेस्रो, खेलकुदको क्षेत्रमा विभिन्न समयमा बास्केटबल, भलिबल जस्ता प्रतियोगिता आयोजना गरेर खेल भावना र खेलाडीको प्रतिभा पहिचानमा सहयोग गर्दै आएका छौँ । चार, चाअहिलेसम्म तीन पटक नेपालको चर्चित संगीत व्याण्ड ‘नेपथ्य’ लाई यहाँ ल्याएर हरेक पटक कम्तिमा ३ हजार नेपालीहरुको उपस्थितिमा कार्यक्रम गर्न सफल भयौँ । अष्ट्रेलियामा इन्डोर हलमा प्रवासी संघसंस्था गरेको यो नै सबैभन्दा ठुलो इभेन्ट हो । सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा रहेको आविस्कार केन्द्रलाई २० हजार डलर सहयोग जुटायौँ । त्यसका साथै यहाँ रहेका म्याग्देलीका अतिरिक्त नेपालीहरुलाई आवश्यक परेको जुनसुकै बेलामा संस्थाको तर्फबाट सहयोग नीति लियौँ । यस्ता गतिविधीले मोना म्याग्देलीहरुका साथै समग्र नेपालीको संस्था हो भन्ने सन्देश दिन सफल भएका छौँ ।
प्रश्न ५ः यस्ता गतिविधीहरु सञ्चालन गर्न कत्तिको समस्या छन्, प्रवासमा ।
–चुनौती त धेरै नै हुन्छ । तर, हामी म्याग्देलीहरु मनको धनी छौँ । मन भएपछि सबै कुराको व्यवस्था गर्न सक्छौँ । हामीले सञ्चालन गरेका अभियानहरु यहाँका नेपाली दाजुभाईहरु पनि खुलेरै सहयोग गर्नुहुन्छ ।
प्रश्न ६ः संस्थापक सदस्य हुदै अहिले नेतृत्वमा पुग्नु भएको छ अब कसरी अघि बढ्नु हुन्छ ? चुनौतीसँगै अवसरहरु पनि छन् होला नी ?
–संस्थामा अहिलेसम्म हरेक उतारचढाबको साक्षी छु । विगतमा जे–जति कार्यहरु भयो वा गर्न सक्यौँ, त्यस्ता राम्रा कार्यको निरन्तरतालाई दिन्छु । कामहरु गर्दै जाँदा भएका कमीकम्जोरीहरु समिक्षा गरेर, त्यसलाई थप सुधार गर्दै अघि बढ्ने छौँ । मैले यो–यो काम गर्छु भन्दा पनि म टिमवर्कमा विश्वास गर्ने मान्छे भएकोले समूहबाट आएका योजनाको परिणाममुखी कार्यान्वयन गर्नेछु । एउटा कुरा चाही के स्पष्ट पार्छु भने म नेतृत्वमा बसेर काम गर्दै जाँदा, भविश्यको नेतृत्व पनि तयार पार्ने तरिकाले काम गर्नेछु । संस्थाको सबै इकाइहरुलाई सशक्त बनाएर अपनत्व महसुस गराउने खालका काम तर्फ मेरो ध्यान केन्द्रीत हुनेछ ।
प्रश्न ६ः अष्ट्रेलियामा थुप्रै सामाजिक संघसंस्था छन्, उनीहरु बीच अस्वस्थ्य प्रतिस्पर्धा पनि देखिन्छ । मोना पनि कसैको स्वार्थपूर्ति गर्ने हतियार बन्ने त होइन ?
–‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार’ भने झैँ, अष्टे«लियामा प्रवासीको धेरै संस्था हुनुलाई सकरात्मक वा नकरात्मक दुबै दृष्टिले हेर्न सकिन्छ । म त भन्छु, प्रवासमा सामाजिक संघसंस्था बढी भन्दा बढी हुनुपर्छ, यसले नेपालीहरुको समस्या समाधानमा महत्वपूर्ण सहयोग मिल्छ । तर, स्वस्थ्य प्रतिस्पर्धा चाँही हुनुपर्छ । हामी, यहाँका सबै सामाजिक संघसंस्थासँग मिलेर काम गर्न चाहान्छौँ र गरिरहेका पनि छौँ । आजसम्म मोना अष्टे«लिया व्यक्तिगत र राजनीतिक स्वार्थसँग गाँसिएको कुनै पनि मुद्दामा संग्लन छैन । हाम्रो पहिलो प्राथामिकता म्याग्दी र म्याग्देलीको व्यक्तित्व र सामाजिक अवस्थाको रुपान्तरण हो । हामी प्रवासी राजनीतिमा कुनै पनि आस्था नजिक छैनौँ । समाज सेवा हाम्रो अन्तिम अभीष्ट हो, त्यसैले राजनीतिक र व्यक्तिगत स्वार्थका लागि हामीसँग सहकार्य जरुरी पनि छैन । यसमा हामी पूरै सचेत छौँ ।
प्रश्न ७ः नेपालीहरुको अध्ययन तथा रोजगारको गन्तव्य अहिले अष्ट्रेलिया बनेको छ । नेपालीहरुका लागि संभावना र चुनौतीहरु के–के देख्नुहुन्छ ?
–जरुर, अष्टे«लिया अहिले हामी नेपालीहरुको आकर्षक गन्तव्य बनिरहेको छ, अध्ययन, रोजगार वा अन्य हिसाबले पनि । मैले सबै नेपालीहरुले के भन्छु भने अष्टे«लिया आउनुस् तर, आउनुपूर्व यहाँको अवस्था, यहाँ आइसकेपछि आइलाग्ने समस्या र त्यसको समाधानको उपाय सहित आउनुस्, नत्र नआउनुस् । सामाजिक सञ्जालमा ओपेरा हाउस, बोन्डाई ब्रीज र डार्लिङ हार्बरको फोटो देखेर त्यसैमा नबहकिनु, किनकि, फोटोमा देखे जस्तो सहज छैन, यहाँको दैनिकी । आउनु भन्दा अघि, के गर्ने ?, कहाँ बस्ने ? आएको भोलीपल्टबाटै सामान्य जीवन बिताउन के गनुपर्छ ? रोजीरोटीका लागि जागिरको कुरा आउंछ, कस्तो सीप ? जागिरका लागि के–के प्रक्रिया पूरा गर्नुपर्छ जस्ता कुराहरुमा मानसिक रुपमै तयार भएर आउनुपर्छ । यहि कुरा नबुझ्दा यहाँ आइसकेपछि डिप्रेसन हुने र फेरि तत्कालै घर नै फर्किनुपर्ने अवस्था सिर्जना हुनसक्छ । यस्ता चुनौती बढिरहेका छन्, यसलाई न्यूनीकरण गर्न नेपालमै पनि सरकारी तवरबाट ठोस कदम चाल्नुपर्छ ।
प्रश्न ८ः अब जिल्लाबारे कुरा गरौँ, जिल्लाको विकासमा प्रवासीहरुले आश्वासन देखाउने तर काम नगर्ने भन्ने आरोप लाग्ने गरेको छ, किन त्यशो भएको होला ?
–हामी पहिला म्याग्दी सेवा समितिको रुपबाट काम गरिरहेका थियौँ । विभिन्न देशमा त्यसरी नै चल्यो । अहिले मोनाका रुपमा विश्वव्यापी सञ्जाल बनेको छ । प्रवासमा रहेका हामी म्याग्देलीहरुले जिल्लाको समग्र विकास प्रक्रिया, परोपकारी क्षेत्रमा जे–जति गरेका छौँ, त्यो व्यक्तिगत जस्तो देखियो । यसमा संस्थागत भएन्, सायद त्यहि भएर नै होला, तपाँईले भन्न’भएको आरोप आउनु नराम्रो होइन् । प्रवासीहरुको लगानी नभएको जिल्लाको कुन सडक होला ? कुन विद्यालय होला ? आमा समूहको भवन देखि पदमार्गसम्ममा हामी प्रवासीहरुको पसिना समावेश छ । मात्र, त्यसलाई संस्थासँग नजोडेर समस्या आएको जस्तो लाग्छ । मोना आइसीले यो कामलाई सुक्ष्म तरिकाले अघि बढाउनुपर्छ, मोना अष्टे«लिया त्यसमा सधै सकरात्मक रहनेछ । र, मोना आइसी मार्फत घोषणा भएका परियोजनाहरु कार्यान्वयनका लागि हामीले रचनात्मक भूमिका अवश्य खेल्नेछौँ ।
प्रश्न ९ः मोना अष्ट्रेलियाले जिल्लाको समग्र विकास प्रक्रियामा कस्तो योगदान दिन चाहान्छ ?
–हामी मोना आइसी मातहत छौँ, आइसीसँगै हामीले स्वतन्त्र रुपमा पनि पक्कै केहि कार्य गर्नेछौँ । ‘सीप, सिष्टम र जोहो गरेको केहि पुजीलाई सदुपयोग गरेर ‘माछा मारेर दिने’ भन्दा माछा मार्ने सामाग्री र मार्ने तरिका सिकाउने तर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ । त्यसका लागि शिक्षा, सडक र परोपकारी अभियानमा हामीले विगतका कार्यक्रमहरुलाई निरन्तरता दिनेछौँ ।
प्रश्न १०. अन्तिममा व्यक्तिगत प्रश्न, अष्ट्रेलिया बसाइबाट व्यक्तिगत रुपमा तपाँई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
–सन् २००० मा यहाँ आएको हुँ । सकरात्मक सोचका साथ अघि बढियो भने लामो रेसको घोढा जस्तो भइन्छ, नकरात्मक सोचले आफैलाई समस्यामा पार्छ । म चाही सधै सकरात्मक सोच्ने मान्छे हुँ । यो अवधीमा यहाँको सबै चीज बुझ्न पाएँ, व्यक्तिगत हिसाबले एउटा दुर्गम ठाउँमा जन्मेको मान्छेले गर्नसक्ने प्रगति पनि गरेको छु । तर, अझै जिल्ला र नेपालीहरुको पक्षमा काम गर्ने धोको छ, जति गर्छु निःस्वार्थ भएर गर्छु ।
प्रश्न ११ः महत्वपूर्ण समयका लागि धन्यबाद ।
–सिड्नीको व्यस्त शहरमा, यति कुरा राख्ने अवसर दिनुभएकोमा दि नेपाली टाइम्स अष्ट्रेलियालाई धन्यबाद । यहाँको सञ्चारमाध्यमको प्रगतिको कामना गर्छु । धन्यबाद । nepalitimes.com.au