• रबिना बोहरा,

कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम बागलुङमा संग्रालय निर्माण गरी राखिने भएकोछ । हिन्दु धर्मावलम्बीका लागि महत्वपूर्ण मानिने शालिग्रामको चोरी निकासी बढ्न थालेपछि संरक्षण गर्न लागिएको हो ।शालिग्राम राखिने संग्रालय बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा निर्माण गरिने भएको छ । वैज्ञानिक तथ्य अनुसार शालिग्राम बन्न हजारौ बर्ष लाग्ने गर्दछ ।

रंगवेंकटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम, तिरुपती बालाजीधाम परिसरमा संग्राहलय निर्माणको काम भइरहेको छ । शालग्रामलाई तोडेर स्वरुप परिवर्तन गर्ने, अवैध रुपमा डोजर चलाएर नदीबाट बालुवा गिटी उत्खनन गर्ने कार्यले शालिग्राम संकटमा पर्दै गएको छ ।यहाँ करिब २० हजार भन्दा बढी शालिग्राम रहेको छ । संग्राहलयका लागि एक सय ६० फिट लामो टि आकारको सुरुङ निर्माणको काम भइरहेको छ ।