जिल्लाको सदरमुकाम बेनीमा अवस्थित न्यु वेष्ट पोइन्ट आवासीय माविले जिल्लामा विशिष्ट भुमिकामा रहेका यूवाहरुका अनुभव र क्षमतालाई विद्यार्थीमा हस्तान्तरण गर्ने ’व्यक्ति र व्यक्तित्व बिशेष’ साक्षात्कार कार्यक्रम सुरु गरेको छ । विद्यालयमा कार्यरत युवा शिक्षकहरुको समूह ‘द मिलिसिया ब्रदरहुड’ को आयोजनामा आयोजित कार्यक्रममको सुभारम्भ म्याग्दीका एक युवा प्रेरणाका स्रोत नेपाल जेसिसका पुर्व राष्ट्रिय अध्यक्ष धनन्जय श्रेष्ठबाट गरिएको थियो । कार्यक्रममा आफ्नो संघर्ष र प्रेरणाका धेरै कुरा प्रस्तुत गरेका थिए ।

जिल्लाको मालिका गाउँपालिका २ रुममा जन्मिएर बेनीबजारमा रेडक्रस, पुस्तकालय र म्याग्दी जेसीज हुदै नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष जस्तो जिम्मेवारी समेत सम्हालेका श्रेष्ठले आफ्ना बाल्यकालदेखिका गतिविधि, ब्यक्तिगत भोगाईका साथै धेरै समस्याका बारेमा विद्यार्थीसंग साक्षात्कार गरेका थिए । एक सृजनशील र प्रेरणादायी युवा व्यक्तित्व समेत रहेका श्रेष्ठले करिब ४५ मिनेट उहाले आआफ्ना धारणा प्रस्तुत गर्दै सहभागीहरुले राखेका जिज्ञासाको दिएका थिए ।

‘पहिलोपटक नयाँ किसिमको कार्यक्रममा सहभागिता जनाउने अवसर मिल्यो,‘अनुभव सुनाउँदा पनि बाल्यकालमै पुगेजस्तो अनुभुति भयो’ उनले भने । कार्यक्रममा युवा शिक्षकहरुले गरेको, नेतृत्व विकास र व्यक्तित्व विकास सम्बन्धित उत्कृष्ट कार्यक्रमको प्रसंसा समेत गरिएको थियो । सोही अवसरमा युवामा रहेको उर्जा र सोचलाई सकारात्मक तरिकाले उपयोग गर्न सकिएमा वर्तमानमा रहेको बितृष्णालाई कम गरी सकारात्मक उर्जा विकास गर्न सघाउने विद्यालयकी प्रधानध्यापक बीणा झाले बताईन् । ‘समाजलाई वाटो देखाउने समुह नै यूवा हुन्,‘विद्यालयभित्र गरिएका यस्ता कार्यको सकारात्मक प्रभाव दिर्घकालिन रुपमा देखिन्छ’ उनले भनिन् ।

विश्व स्वयंसेबक दिवस २०१८ को अवसरमा आयोजित कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका संस्थापक निर्देशकहरु, शिक्षक अभिभाबक संघ लगायत प्रकास मावि, बेनी सामुदायिक, माउन्ट एभरेस्ट, न्यु होराइजन र वेस्ट पोइन्ट शिक्षक तथा विद्यार्थीको समेत सहभागिता रहेको आयोजक समुहका सदस्य प्रमोद शर्माले बताए । उनले बेनीबजार बाहिरका विद्यालयका विद्यार्थीलाई समेत लक्षित गरी भविस्यमा कार्यक्रम गरिने बताए । समुहले शिक्षा, स्वास्थ्यका साथै खmेलकुद कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ ।