k~rsf]6 wfld{s ko{6sLo uGtJo afun'ª gu/kflnsf–^ l:yt ;j{l;l4wfd k~rsf]6df lgdf{0f ePsf] dlGb/ . k~rsf]6nfO{ wfld{s ko{6sLo uGtJosf] ?kdf ljsf; ul/Psf] 5 . t:jL/ M /fdaxfb'/ yfkf, afun'ª, /f;;

बागलुङमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको पञ्चकोट आउने पर्यटकलाई लक्षित गरी केवलकार निर्माणको प्रक्रिया सुरु गरिएको छ । स्वामी कमलयनयनाचार्यको अगुवाईमा विभिन्न धार्मिक भौतिक संरचनाहरु निर्माण भइरहेको पञ्चकोटमा आउने पर्यटकहरुलाई लक्षित गरी केवलकार निर्माणको प्रक्रिया सुरु गरिएको हो ।

बागलुङका केही व्यवसायीहरुको अगुवाईमा सर्वसिद्धिधाम पञ्चकोट केवलकार प्रा.लि. स्थापना गरी केवलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको प्रा.लि.का सञ्चालक दयाराम पौडेलले जानकारी दिनुभयो । बागलुङ सदरमुकामदेखि नजिकै रहेको मालढुङ्गा हुँदै मुस्ताङ यात्रामा निस्कनेहरुको भिडलाई बागलुङमा आकर्षित गर्नका लागि केवलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको पौडेलको भनाई छ ।

करिब ५० करोड रुपियाँ लागत अनुमान गरिएको उक्त केवलकार निर्माणको प्राविधिक सम्भाव्ता अध्ययन भइसकेपछि कम्पनी दर्ता, विभिन्न मन्त्रालयहरुको अनुमती प्राप्त गरी हाल आफ्नो आशयपत्र बागलुङ नगरपालिकामा पेश गरिएको पौडेलको भनाई छ ।बागलुङ नगरपालिका वडा नं. चार स्थित निर्माणाधिन बसपार्क दावगरा नजिकै तल्लो स्टेशन र पञ्चकोटमा माथिल्लो स्टेशन निर्माण गर्ने गरी प्राविधिक सर्वेक्षण गरिएको छ । बागलुङ बजार नजिकै थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरु भएपनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न नसकिएकाले यस्तो अभियान सुरु गरिएको सञ्चालक पौडेलले बताउनुभयो ।

‘हामीले सबै व्यवसायीहरुसँग सरसल्लाह गरेर अगाडि बढेका छौं, बजारमा मानिसको चाप घट्दै जाँदा बजारको व्यवसायमा समेत ठूलो असर गर्ने भएकाले बागलुङ बजारमा मानिसको चाप बृद्धि गर्नका लागि केवलकारको अवधारणा अगाडि बढाइएको हो ।’ पौडेलले भन्नुभयो । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्न आउँने पर्यटकहरुलाई बागलुङ बजारसम्म ल्याउन सक्दापनि बजारको व्यवसायमा थप बृद्धि हुने भएपनि अन्य गन्तव्य नहुँदा समस्या परेकाले बैकल्पिक गन्तव्यको रुपमा पञ्चकोटको विकास गर्न आवश्यक रहेको व्यवसायीहरु बताउँछन् ।

बागलुङ बजार नजिकै रहेको बागलुङ कालिका भगवती मन्दिर, कुँडुलेमा निर्माणाधिन हिन्दुहरुको पुज्य सालिग्राम संग्राहलय र पञ्चकोटलाई संयुक्त रुपमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना सहित केवलकारको अभियान सञ्चालन गरिएको प्रा.लि.का सचिव प्रकाश चालिसेले बताउनुभयो । यता बागलुङ नगरपालिकाले सरकारले घोषणा गरेका नयाँ गन्तव्यहरुको विकास गर्दै नयाँ गन्तव्यको रुपमा सूचीकृत हुने चरणमा रहेको पञ्चकोटको विकासका लागि पूर्वाधार निर्माणमा इच्छुकहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।