म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थान गाउँको म्युजिक भिडीयो निर्माण भएको छ । सूर्यमुखी युवा कल्व घरथोकले निर्माण गरेको म्युजीक भिडीयोमा देविस्थानको प्राकृतिक, धार्मिक स्थल, कला, संस्कृति र विकास गतिबिधिलाई समेटिएको छ । तारा श्रीस मगरको स्वर, बालकुमार फगामीको शब्द, नविन रानाको संगित र गोविन्द पुनमगरले निर्देशन गर्नुभएको म्युजिक भिडीयोको दानबहादुर श्रीसमगरले छायांकन सम्पादन तथा केशू पुन (केशरी)ले नृत्य निर्देशन गर्नुभएको हो ।

भिडीयोमा देविस्थानमा रहेका देविनाथ, भुमेथान, मालिका, देवताभिर, गाईखर्क र खोरीया ताल, सोरठी, मारुनी नाच, रुन्मा, जुक्जा, दांगा, पन्थोक, घरथोक गाउँ देखि ताम्लाको सुन्तलालाई समेटिएको थियो । म्युजिक भिडियो निर्माणमा स्वदेश तथा बिदेशमा रहेका देविस्थानका बासिन्दाहरुले सहयोग गर्नुभएको स्थानीय अगुवा भक घर्तीमगरले बताउनुभयो । म्युजिक भिडीयोको माध्यमबाट गाउँको प्रचारप्रसार गरि पर्यटक विकास तथा कला संस्कृतिको संरक्षणमा सहयोग पुग्ने घर्तीले बताउनुभयो ।