जामुनाखर्क माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । यूवा रेडक्रस सर्कलको आयोजनामा अन्तरसदनात्मक प्रतियोगितामा प्रथम पहेलो सदनको तर्फबाट संगिता सुबेदी, अक्सिजन पौडेल, सन्देश आचार्य, द्धितिय स्थान निलो सदन बि का प्रकृति पौडेल, सुस्मिता पौडेल, पुजा बानियाँ र तृतिय स्थानमा हरियो सदनका प्रतिभा दुंगाना, सशिल खत्री र प्रकट ढुंगना भएको विद्यालयका मिडिया संयोजक शिक्षक गणेश केसीले बताए ।

उनका अनुसार विद्यार्थीलाई रेडक्रस, समान्य ज्ञान र विद्यालयका पाठ्यपुस्तक विषयात्मक विषयबस्तुमा आधारित प्रश्नहरु सोधिएको थियो ।प्रतियोगिताको उद्घाटन गदैं यूरेस संरक्षक प्रधानध्यापक सोमनाथ ढुंगानाले विद्यालयले विभिन्न रचनात्मक क्रियाकलापमा समेत सहभागिता जनाउने गरेको बताए । उनले विद्यालयबाट हाजिरीजवाफ लगाएतका प्रतियोगिताले भविस्यमा सरकारी तथा अन्य जागिरमा समेत विद्यार्थीले सफलता हासिल गरेको बताउँदै आधारभुत तहदेखिनै विद्यार्थीलाई सक्षम बनाउने बताए । कार्यक्रमको स्वागत सहायक प्रअ मोहन सुबेदी, सञ्चालन युरेस शिक्षक नायक रामप्रसाद सुबेदी र शिक्षक रामजी ढुंगानाले गरेका थिए ।