बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने ३ युवा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।बागलुङ नगरपालिका– वडा नम्बर ४ उपल्लाचौरका २२ बर्षका रामु कुँवर, ३३ बर्षका हस्तबहादुर खत्री र २२ बर्षका साजन भनिने डेल्चन कार्कीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

१७ बर्षिय किशोरीलाई शुक्रबार साँझ हस्त खत्रीको उपल्लाचौर स्थित घरमा लगेर जबरजस्ती मादक पदार्थ खुवाएर रातभर सामुहिक रुपमा बलात्कार गरेको प्रहरीले जनाएको छ । ३ जना युवालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीले बताउनुभयो ।अहिले देशमा लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यस अभियानको बिचमा दिन प्रतिदिन यस्ता घटनाहरु बढ्दै जाँदा विशेष गरी महिलाको सुरक्षामा चुनौती देखिएको छ ।