आलु सबैको भान्सामा पाक्ने तरकारी हाे। आलुको अनेक परिकार बन्छ र यसलाई हरेक सागसब्जीमा मिलाउन सकिन्छ । तर, आलुको सेवन गर्दा हामी विशेष ध्यान राख्नुपर्ने हुन्छ होइन भने यसले हाम्रो स्वास्थ्यमा हानी गर्न पनि सक्छ । पर्याप्त मात्रामा कार्वोहाइड्रेट र फाइबर पाइने आलुमा भिटामिन सी, भिटामीन बी ६, पोटासियम र म्यानगनिजको पनि राम्रो स्रोत हो । भुटेर, तारेर, पकाएर, उसिनेर वा पोलेर जसरी पनि खान मिल्ने आलुको सेवन गर्दा धेरै क्लालोरी उर्जा प्राप्त गर्न सकिन्छ । तर आलुको मुलरुपमा परिवर्तन आएको छ भने त्यस्तो आलु खानु हुँदैन । विशेषगरी केही भागमा हरियो भएको आलु खान हुँदैन ।

माटोमुनि फल्ने आलु यसै पनि हल्का माटो युक्त हुने हुनाले राम्रोसँग धोएपछि मात्रै यसको रंग देख्न सकिन्छ । यदि आलुको रंग खैरो, रातो भन्दा फरक हरियो, बैजनी र वा कालो छ भने त्यो आलु अब खान लायक छैन । त्यसमा न्यूरोटक्सिनको मात्रा बढेको हुन्छ छ । र यस्तो आलु खाएमा विभिन्न समस्याहरु हुन्छ । आलुमा क्लोरोफिल र सोलनिन नामक एसिडको मात्रा बढी छ भने यसको सेवन गर्नाले उल्टी, डायरिया, टाउको दुख्ने वा क्यान्सरसम्म हुन सक्छ । हरियो रंगको आलु खाएपछि ३० मिनेटसम्म असर देखिन सुरु हुन्छ । कहिले कहिले यसमा ८ देखि १२ घन्टा पनि लाग्न सक्छ । ग्यास्टोइन्टेस्टाइनल र न्यूरोलोजिकल लक्षण सबैभन्दा पहिले नोटिस गर्न सकिन्छ ।

आलु धेरै समय भण्डार गरेर राख्दा चाउरी पर्छ । चाउरी परेको आलु खान पनि स्वास्थ्यको लागि हानीकारक हुन्छ किनभने यसको सेवनले शरीरमा टक्सिन फैलन थाल्छ । टुसा उम्रिएको आलु खान पनि स्वास्थ्यको लागि हानीकारक हुन्छ । टुसा उम्रिएको आलुमा सोलनिन र ग्लाइकोलोकाल्ड्स नामक एसिड परिवर्तन हुन्छ । जुन स्नायू प्रणालीको लागि धेरै हानीकारक हुन्छ ।