बागलुङ उद्योग वाणिज्य संघको १७ औं महाधिवेशनमा युवराज राजभण्डारीको प्यानल भारी मतले विजयी भएको छ । सदस्यहरु तर्फ पनि युवराज राजभण्डारी प्यानलका सदस्यहरुनै विजयी भएका छन् ।

महिला सदस्य र उद्योग सदस्यतर्फ भने दुबै प्यानलले एकएक सिट बाँडेका छन् । महिला सदस्य युवराज राजभण्डारी प्यानलकी सीतादेवी सापकोटा कँडेल ६०५ मत सहित विजयी भएकी छिन् । त्यस्तै महिला सदस्यमा दयाराम पौडेल प्यानलकी शर्मीला खड्का ५८० मत ल्याएर विजयी भएकी छन् । त्यस्तै उद्योग सदस्यहरुमा राजभण्डारी प्यानल राजनकुमार शाक्य ५८१ मत सहित विजयी भएका छन् भने दयाराम पौडेल प्यानलका हेमबहादुर खत्री ५६२ मत ल्याएर विजयी भए ।खुल्ला १४ सदस्यमा दयाराम पौडेल प्यानलका तीन जना सदस्यहरुले मात्रै विजयी हासिल गरेका छन् । अर्जुन चोखाल ५८०, राजु खड्का ५७५ र रामराज गुरुङ ५३१ विजयी भएका हुन् ।

राजभण्डारी प्यानलबाट ईन्द्रमणी पौडेल ५३०, उमाकान्त शर्मा बाबु, गणेशराज लम्साल ५६२, थनेश्वर सुवेदी ५६२, दिपक हमाल ७२८, नविन कुमार श्रेष्ठ ५६९, नरेश कँडेल ५९४, निलेशश राजभण्डारी ५८५, विदेशकुमार श्रेष्ठ ५८२, शशिकपुर श्रेष्ठ ६०२ र श्रीजय श्रेष्ठ ६०८ विजयी भएका हुन् । निर्वाचन समितिले उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रम नवनिर्वाचित अध्यक्ष तथा सदस्य को नाम सहित अन्तिम नतिजा घोषणा गरेको छ ।

मूख्यनिर्वाचन अधिकृत भुमिश्वर गौतमले अन्तिम नतिजा घोषणा गरेका हुन् । अन्तिम मतपरिणाम घोषणा कार्यक्रममा निवर्तनमान अध्यक्ष जयराम भारीले १७ औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम सहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले नवनिर्वाचित कार्यसमितिलाई बाधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए ।

त्यस्तै निवर्तमान महासचिव तथा अध्यक्षमा उपविजेता बनेका दयाराम पौडेलले सम्पूर्ण मतदातालाई धन्यवाद दिए । आफ्ना प्रतिस्पर्धी युवराज राजभण्डारीलाई उपविजेता पौडेलले सालिन भएर अंकमाल गर्दै बधाई दिए । नवनिर्वाचत अध्यक्ष तथा कार्यसमितिलाई बधाई ज्ञापन गरे । उनले नेतृत्व चयनका लागि लोकतान्त्रि प्रक्रियामा सहभागि भएर उपविजेता बनेपनि सँधै संस्थाको हितमा काम गर्ने प्रतिवद्धता जनाए । उनले नयाँनेतृत्व र कार्यसमितिलाई समेत सहयोग गर्ने बताए ।