राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको पहलमा वारीबेनी तटबन्धका लागि डेढ करोड बिनीयोजन

OLYMPUS DIGITAL CAMERA

पर्वतको जलजला गाउँपालिका अन्तर्गत कालिगण्डकी नदीको वारी बेनी खण्डमा तटबन्ध निर्माण गरिने भएको छ । यसका लागि उर्जा जलस्रोत तथा सिचाईँ मन्तालयबाट १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिनाको पहलमा विनियोजित उक्त रकमबाट तटबन्ध निर्माणको काम समेत शुरु हुने तयारी भैरहेको स्थानीयले बताएका छन् ।

यसलाई थप व्यवस्थित बनाउँदै दिर्घकालिन रुपमा नदी नियन्त्रण गर्न बृहत गुरुयोजना तथा डिपिआर तयार पारी योजना अगाडि बढाउन पहल भइरहेको छ ।तटबन्ध निर्माणले पर्वतका जनता, जमिन र अन्य भौतिक संरचना सुरक्षित हुनेछन ।