म्याग्दीको सरमुकाममा रहेको प्रकाश माध्यामिक विद्यालयले ६६ औँ बार्षिकोत्सव मनाईएको छ ।विद्यालयमा आज एक कार्यक्रमको आयोजना जिल्लाकै पुरानो विद्यालय भनेर चिनिने विद्यालयको र्बााकोत्सवको साथमा अभिभावक दिवस मनाईएको हो ।

विद्यालयको बार्षिकत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले पछिल्लो समय सरकारी विद्यालयको शैक्षिक गुणस्तर कम हुदै गएको बेला प्रकाश माविले शैक्षिक गुणस्तरलाई कामय राख्दै गएको बताउनुभयो । उहाँले नगरपालिकाका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नकालागी पालिकाबाट आवश्यक सहयोग गर्न समेत नगरपालिका तयार रहेको बताउनुभयो ।

‘सरकारले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी बजेट बिनियोजन गरे अनुरुप गुणस्तरमा सुधार आउन सकेको छैन’ उहाँले भन्नुभयो । अब यसलाई अब स्थानीय सरकारले समेत आवश्यक निति तथा कार्यक्रम बनाई त्यसको गुणस्तर सुधार ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य हरिकृष्ण श्रेष्ठले स्वागत गर्दै निजि विद्यालयहको भिडमा पनी सामुदायक विद्यालय निजि विद्यालयहरुले जस्तै गुणस्तर शिक्षा प्रधान गरेको बताउनुभयो ।

विद्यालयका प्रधानध्यापक हरिप्रसाद सुवेदी केही बर्ष यता प्रकाश मावि सामुदायी विद्यालयहरुमा उत्कृष्ठ विद्यालय हुर्दै गएको दावि गर्नुभयो । उहाँले जिल्लाको विद्यालयहरुमा सबैभन्दा बढी बिषयहरु पढाउने विद्यालय पनी प्रकाश मावि नै भएको जनकारीदिनुभयो । सामुदायिक विद्यालयहरुमा सबै बर्गका विद्यार्थीले अध्ययन गने भएकाले सामुदायिक बिद्यालयमा स्थानीय सरकारलेपनी प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा विद्यालयका आजिवन सदस्य बिमला गौचन ,बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष एवम् नगर कार्यपालिकास सदस्य कृष्णकुमार बिश्वकर्मा, वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य वडा नं ६ का अध्यक्ष कृष्णबहादुर बानियाँ र अभिभावकतर्फबाट सुवर्ण रिजाल लगायतले विद्यालयको शैक्षिक गुणस्तरमा आफुहरुले सक्दो सहयोग गर्ने बताएका छन् । उनीहरुले पछिल्लो समय निजि विद्यालयहरुमा भन्दा सामुदायीक विद्यालयले गुणस्तर शिक्षा दिन थालेको समेत बताएका छन् ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नविन कुमार श्रेष्ठको अध्यक्षता भएको कार्यक्तममा सहायक प्रअ लेखबहादुर हमालको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयको प्राङगणमा उद्घाटन कार्यक्रम हुनु पूर्व विद्यार्थी, शिक्षक, अथिति, अभिभावकले बजार परिकर्मा समेत गरेका थिए ।अनिल पौडेल