रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलबार सामुदायिक मेलमिलाप सम्बन्धि आधारभुत तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सात दिनसम्म सञ्चालन भएको तालीममा २६ जना मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो ।प्रत्येक वडामा मेलमिलाप केन्द्र हुनुपर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयन, घरगाउँमै मेलमिलापद्धारा शान्ति स्थापना गर्ने र न्यायिक समितिको कार्यबोझ घटाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

मेलमिलापकर्ताहरुलाई सूचिकृत गरेर रघुगंगाका ८ वटै वडामा मेलमिलाप केन्द्र गठन गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ । तालिमको चेतराज भट्ट, जिल्ला न्यायाधिश राजकुमार कोइराला, प्रजीअ लीलाधर अधिकारी, प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढा, जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्त र प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले सहजिकरण गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको अध्यक्षता, जिल्ला न्यायाधिश कोइरालाको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत थापाको सञ्चालनमा सम्पन्न तालिम समापन कार्यक्रममा उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कमला तिलीजाले तालिमले न्यायिक समितिको कामलाई प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गर्नुुभयो ।