नेपाली सांगीतिक क्षेत्रमा बिगत केही समय देखि निरन्तर सक्रियता देखाउदै आएका गायक हुन धुर्व जिसि । भर्खरै मात्र सांगीतिक बजारमा धुर्व जिसि र देबि घर्तिको आवाज मा माया माया नामक गीत सार्बजनिक भएको छ ।नकुल ढकाल नबिनको लय तथा शब्द सिर्जना भएको माया मायाको संगीत समायोजन वरिष्ठ गायक इन्द्र जिसिले गरेका छ्न भने म्युजिक भिडियो अनुप बानियाँको छायांकन र भुपेन बानियाँको निर्देशन ,सम्पादन मा तयार भएको हो ।

कृयटिभ मिडिया प्रोडक्सन बेनि ले बजार ब्यबस्थापन गरेको उक्त गीतको म्युजिक भिडियो मा सुनिल बानियाँ,सिमान्त बानियाँ,साथिहरु र तिलु शर्मा पौडेल को पनि उत्कृष्ट अभिनय देख्न सकिन्छ । बिगत १ दशक देखि वैदेशिक रोजगारको सिलसिला मा कतार मा कार्यरत तिलु सांगीतिक क्षेत्रमा केही गीतहरू मा मात्रै मोडल को रूपमा देखिएका छ्न् तर उनी नेपाली सांगीतिक क्षेत्रमा हुने सबै क्रियाकलाप को एक असल शुभचिन्तक ,असल दर्शक तथा श्रोता बढी हुन यो उनको नेपाली सांगीतिक क्रियाकलाप प्रतिको चासो चिन्ता सल्लाह सुझाव र कमेन्ट लेख सहित का विभिन्न पोस्ट हरुबाट पनि स्पष्ट हुन्छ ।

रघुगङ्गा गाउपालिका २ भगवती म्याग्दी का स्थायी बासिन्दा शर्मा मोना कतार को बरिस्ठ उपाध्यक्ष ,नबोदित साहित्य बाचनालय कतारको महासचिव संगै राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान कतार शाखाको सचिवालय सदस्य समेत हुन भने वसन्त फिल्मस प्राली काठमाडौ का केन्द्रिय सदस्य समेत रहेका छ्न् । यश अगाडि उनले अभिनय गरेको पन्चेबाजा गीत ओरालिमा वर र बगर फाटैमा ले पनि राम्रो प्रतिक्रिया पायका थिए ।