मगरहरुको महान पर्व माघे संक्रान्तिको अवसरमा म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाको आयोजनामा यही पौष ३० गते सोमबार देखि माघ ५ गते शनिबार सम्म ७ दिने माघे सकराती मेलाको आयोजना गर्ने भएको छ । मगरहरुले आफ्नो राष्ट्रिय पर्वको रुपमा मनाउने पर्व माघे सकरातीको अवसर पारी म्याग्दी मगर समाजले ललितपुर बागडोलको आफ्नै भवन परिसरमा उक्त मेलाको आयोजना गरेको छ ।

मेलामा मगरहरुको पुर्खौली तारो हान्ने प्रतियोगिता, महिलापुरुष बास्केटवल, भलिबल प्रतियोगिता, युवाहरुको बौद्दिक बिकाशका लागि हाजिरी जवाफ प्रतियोगिताको साथै विभिन्न मौलिक साँस्कृतिक प्रतियोगिता तथा प्रस्तृतिहरुको आयोजना गरिएको छ । साथै मेलामा मगरहरुको मौलिक खानाका परिकारहरुको व्यवस्था समेत गरिने भएको छ ।