धनु लेकाली

भकिम्ली बेनी नगरपालिका वडा नं. ३ मा पर्ने एक सुन्दर ठाँऊ हो । यसको क्षेत्रफल १६.७ बर्ग कि.मी. छ । यहाँ ७३९ घर घुरि रहनुको साथै कुल जनसङ्ख्या ३२३४ जाना रहेको छ । सिमानाको हिसावले हेर्दा पूर्वमा वडा नं. २ ज्यामरुकोट, पश्चिममा मंगला गाँउपालिका उत्तरमा बे न पा. ७ तथा ६ र दक्षिणमा बागलुङ जिल्लाका का विभिन्न स्थानिय तहहरु रहेका छन ।

समुन्द्री सतहदेखि करिब ८६० मिटरको दुधेखोला देखी करिब २८०० मिटर बेलढुङ्गा÷डोलेखानी सम्म २८००÷२९०० मिटर उचाई सम्म फैलिएको छ । भौगोलिक रुपमा भिरालो पहाडमा अवस्थीत छ, तर पनि यो प्रकृतिको सुन्दर अनुपम बगैचाको रुपमा लिन सकिन्छ । सामान्यतया मगर समुदायको बस्ति बढी भएता पनि छन्त्याल, क्षेत्री, बाहुन तथा दलित समुदायको पनि बाख्लो बस्ती रहेको छ ।

धार्मिक रुपमा हिन्दु धर्म मान्य बस्ने भए पनि अन्य धर्मका नगन्य उपस्थिती रहेको छ । बाख्लो मगर तथा छन्त्याल समुदाय बस्ने भएरता पनि यो स्थानमा आफ्नो मात्री भाषको सत्तामा नेपाली भाषा नै सबैले बोल्ने गरेको पाइन्छ । भकिम्ली गाबिसमा बस्ने प्राय सबै समुदायमा जीवन यापनको मुख्य आधार कृषी भएर पनि व्यबसायी कृषी नभएका कारण जीवन गुजारा गर्ने प्रथामा आधारित रहेको छ । युवाहरु भारतिय सेनामा भर्तीहुने तथा बैदेशिक रोजगारमा जाने र सोबाट भएको आम्दानी नै यहाँ बस्ने मानिसहरुको प्रमुख बाच्ने आधार बनेको छ ।

यस स्थानको विशेषताहरु
बिहानीको राता लालीहरुमा सुनौला बनेका धवलागिरी,निलगिरी तथा मुकुट चुरेनहरु चिहाई रहँदा,मंगलाको सुस्साहत सँगै उता चिप्लेतिका शितल बायुले स्पर्श गरिसकेका हुन्छन उनका ओठहरुमा । न्यानो सुनौला सुर्यका किरणहरुमा हरिया डाँडा माथि लतरम्म पहेलपुर बनेका सुन्तलाका बगैचाहरुले धर्तीनै उज्यालो बनाएको हुन्छ । हातमा सुन्तलाका केस्रा लिएर डोका बोकी ओहोर दोहोर गर्ने पल्लवित फूलहरु देख्दा,सुन्तलाका सुगन्धमय त्यो बाताबरण साच्चिकै अतभूत अनुभुतिहरु छलाङ् मार्न थाल्छन ।

बाँसुरीका सुरिला स्वरहरुमा रमेका चिरबिर गर्ने कालिज,मुनाल ,फाबोङराज डाँफे, तित्रा, पेवार, पहरामा गुञ्जयमान बनेका कोकिल कण्ठहरु, मादलु र मुर्चङ्गा तालमा नाचेका पाउजुहरुले स्वर्गको अनुभूति बनाईरहेको हुन्छ हरेक लोक पारखिहरुलाई लोप हुन लागेका सालैजौ, मारुनी, खैजडी, फ्याउँरे, भजन, औलो नाचमा छमछमी नाच्नको लागि स्वागत गरिरहेको हुन्छन ।

परापूर्व काल देखि बज्ने पञ्चेबाजाले झनै कसलाई ननचाउला साथै हरेलो मेला भकिम्ली, कोजाग्रत पूर्णिमा मेला, पानीश्वारा, कार्तिके पूर्णीमा मेला डाडाखानी, माघेसक्रान्ति मेला, मुसुङ्ग र मंसिरे १९ अर्थात मंसिरे मेलामा यस क्षेत्रको पर्यटन प्रबर्धंन गर्ने चौतारि नै मान्न सकिन्छ । मनलाई शान्त र भविष्यप्रति आशावादि बनाउन स्वर्गाश्रम, डोलेको माइला मन्डली, डाडाखानीको जेठो मण्डली, डाडाखानीकोट पानीश्वाराको भुमेथान मन्दिर, मुसुङ्गको वर्षै पुरानो घोडा चढेको भुईठानको सिर्मु, डोलाखानीको सिद्ध, भकिम्ली छापको शिवालय मन्दिर, मुसुङ्गको होङहोङे नेचुरल खानी आदि स्थानले सहयोग गरिरहेको छ ।

फागुन चैत्रमा जताततै रातैभएका सुन्दर लागिगुरासमय पहाडमा लुकामारी गर्ने कसलाई मन नलाग्ला र । प्राकृतिक उपचारको लागि पहिचान भएका चरचरे, चिराइतो, पखेनभेत, अंकित, सुनगाभा (गाल्चे) सत्वा, पदमचाल्ने,लोठ सल्लाह, सिलाजित, भुसकेट, जुनमान्डो, टिमुर आदि जडिबुटि पाइन्छ भने लहरा पहरामा नाचिरहेका बादर, घोरल,खुवा,कस्तुरी मृग, बाघ, भालु, चितुवा देख्न पाइन्छ । अव हो यही विबिध मन मोहक अतभूत अनुभूतिको लागि एक पटक आउनै पर्छ भकिम्ली ।

सारमा भकिम्लीको बास्तविक विकाशको अवस्था
म्याग्दी जिल्लाको सदरमुकाम सँग नजिक भएता पनि विकाशको दृष्टिले गुणात्मक रुपमा सदरमुकाम सँग जोडिएको स्थान तथा नगरपालिका हो भन्न हिचकिचावत हुनसक्छ । युवाहरु बिदेशी रोजगारका लागि उत्साहित हुने हुनाले जिल्लाको अन्य क्षेत्रको तुलनामा शैक्षिक क्षेत्रमा कमजोर नै देखिदै आएको छ । विस्तारै केहि युवाहरु व्यजलर सम्मको अध्ययन विस्तारै देखिदै जानु राम्रो पक्ष हो ।

बैदेशिक रोजगारमा गएका युवाहरुको सहयोग बाट श्री जयन्ती मावि भकिम्लीको सुविधा सम्पन्न भवनमा चार करोड रुपैयाँ जुताउन सक्नु प्रसंसनिय कार्य हो साथै मुसुङ डोले आधारभूत विद्यालय, बालप्रिय सारदा आधारभूत विद्यालय लगाएका अन्य विद्यालयहरुमा वर्षमा लाखौ रुपैयाँ बराबर बैदेशिक युवाकै सहायतामा चलेका छन ।

विस्तारै विदेश गएका युवाहरु कृषि, व्यवसायिक पशुपालन, यातायातका साधनको व्यवस्थापन तथा बन्द व्यापरमा लागेको देखिएको राम्रो पक्ष मध्य एक हो यसलाई बृद्धि गर्दै लैजानु आवश्यक देखिन्छ । राजनैतिक चेतनामा कमजोर उपस्थीति यहाँको बिकाशको अविसाप बनेको छ । बिदेशिएका युवाको बाहुल्यता भएको हुनाले यो स्थानलाई राजनैतिक भोटबैकको रुपमा लिने गरेको विगतका इतिहाँसहरुबाट थाहा पाउन सकिन्छ ।

भकिम्लीलाई भकुण्डे, दुधेखोला, राखु तथा थामडाँडाबाट सडक संजालले जोडिएको कुरा प्रसंसनिय कुरा हो तर यहाँको यात्रा भने भौगोलिक विकता तथा प्रयाप्त पुनरनिमार्णको अभावमा डरलाग्दो भएको छ । यस भकिम्लीमा विद्युतिय सेवा पुगेको भएता पनि विद्युतिय अनियमितताका कारण हैरानी ब्यहोरिरहेका छन । साथै विद्युतिय समस्या समाधान गर्न २ ,३ दिन लाग्नु नगरपालिकाको लज्जास्पत विषय हो । संचारको क्षेत्रमा भकिम्लीको अधिक स्थान मोबाइल सेवा भएता पनि मुसुङमा नेपाल टेलिकमको नमस्ते सेवा पुग्न नसक्दा यो समस्याले बेनी नगरपालिकालाई गिज्याइरहेको देखिन्छ ।
राजनैतिक दलले आफ्नो घोषणा पत्र मार्फत जनतालाई लोभ्याउने योजना सुनाइरहदा भकिम्ली बासीले पनि यस क्षेत्रको सुन्दर विकासको सपना देख्नु स्वभाविकै हो ।

यस क्षेत्रको स्रोत साधन र जनशक्तिको उचित प्रयोग गरि द्रुततर रुपमा विकाश गर्न सकेको खण्डमा चुनिएका मेयर तथा यहाँका वडा अध्यक्षको बौद्धिकता र क्षमतालाई यहाँको जनताले सम्मान गर्ने छन भने, फेरी पनि मत लिएर पुन नेतृत्व गर्ने अवसर पनि सुनिश्चित हुनेछ तर बिगतका राजनैतिक दलका जस्ता हविगत दोहोरिएको खण्डमा भकिम्लीको जनताले त्यो अवसरबाट बन्चित गर्न बाध्य हुनेछन ।

भकिम्लीको आफ्नै पहिचान र सांस्कृतिक धरातलमा कम खर्चमा उच्चतम बिकाश खोजिरहेको छ । परम्परागत कृषि, कठिन भौगोलिक अवस्थिति, प्राकृतिक प्रकोप, अदक्ष कामदार,बैदेशिक रोजगारमा भर पर्नु, जातीय छुवाछुट, अन्धबिस्वास, महिला उद्यमशिलताको अभाव, बसाइसराई, राजनैतिक प्रयोगशालाको भूमीहुनु आदि यहाँका मुख्य चुनौती हुन । यही चुनौतिलाई कम गर्दै दुर्तगतिमा २१औ शताव्दिको बिकाशमा लम्कनु यहाँको जनताको मुख्य अपेक्षा हो ।

विकाशको सम्भवनाका क्षेत्र
१) पर्यटन : भकिम्ली पर्यटनको पनि सम्भावना भएको क्षेत्र हो । हातले छोइएला झै लहरै रहेको दर्जनौ हिमालको अवलोकन गर्न सकिन्छ । जंगलमा शिकार गर्ने प्रबन्ध तयार गर्ने, लालिगुराश महोत्सव गर्ने, बेनी देखि बेलढुङगा सम्मका दौड, कला संस्कृतिको महोत्सव, तथा अग्ला स्थानमा बनभोको प्रबन्ध, सास्कृतिक कार्यक्र सहितको होस्टेको व्यवस्थ, स्थानिय अर्गानिक खानाको व्यवस्था आदि गर्न सकेको खण्डमा यहाँ प्रशस्त मात्रमा पर्यतय भित्राई मनग्य आम्दानी गर्न सकिन्छ । बेलढुङगा, चिप्लेती, डोलेखानी, स्वर्गआश्रम यहाँका घुम्न लायक स्थान हुन जहाँबाट म्याग्दी, बाग्लुङ, पर्बत तथा कास्की जिल्लाका बिभिन्न स्थान अवलोकन गर्न सकिन्छ । डोलेडाँडा, तोराखेत जस्ता स्थानमा प्यारागलाइडिङको सम्भाव्यता अध्ययन गरि त्यसको बिकाश गर्न सकेको खण्डमा पनि प्रशस्त मात्रामा पर्यटकलाई भित्राउन सकिन्छ ।
२) पशुपालन :होचा प्रशस्त बन जंगल हुनु यहाँ पशुपालनको लागि आधारशिला हो । यहाँ गाई, भैसी, भेडा, बाख्रा, जस्ता पशुपालन गर्नको लागि निकै राम्रो सम्भावना बोकेको छ । नयाँ जातका पशुहरु, कृतिम गर्बधान गर्ने व्यवस्था, रोगका उपचार तथा पशुजन्य उत्पादनको खपत हुने बजार व्यवस्थापन गर्न सकेको खण्डमा पनि यहाँको युवाले प्रशस्त मात्रमा आम्दानी गर्र्दै आवश्य दुध,मासु, तथा पशुजन्य उत्पादन गरी आवश्यत्ताको परिपूर्र्ति तथा निर्यात समेत गर्न सक्ने सम्भावना देखिन्छ ।
३) बन, (बन जन्य उत्पादन): यहाँ वनजंगल भएता पनि यहाँ मानिसले दाउरा घाँसको लागि मात्र उपयोग गर्ने गरेका छन । यहाँका ठूला रुखहरुलाई फर्निचरको लागि प्रयोग गर्न सकेमा यहाँको ठूपै युवाहरुले रोजगार पाउन सक्छन । जसको लागि प्रविधिको प्रयोग, तालिमको व्यवस्था, तथा फर्निचरको बजार व्यवस्थापन गर्न सकिने देखिन्छ ।
४) पानीः पानी हरेक जीवको जिन्दगानी हो । यहाँ प्रशस्त मात्रामा पानीको प्रयोग गरि बिजुली निकाल्न नसकेता पनि यहाँको पानी शुद्धिकरण गरि बोटलमा बजार सम्म पु¥याउन सक्यो भने पनि केही युवाहरुले रोजगार पाउन सक्ने सम्भावना देख्न सकिन्छ ।
५) खानी :खानी यहाँको आम्दानीको अपार स्रोतको रुपमा रहेको छ । मुसुङको डोलेखानी पहाडको गर्भमा प्रशस्त मात्रामा तामा खानी रहेको कुरा यहाँको स्थानियहरुले बताउने गर्दछन । यहाँबाट बिगतका समयमा तामा उत्खनन गर्ने गरेको ले यहाँ प्रशस्त मात्रामा खोलीएका प्वाल देख्न सकिन्छ । मुसुङमा बस्ने मगरहरु यहाँको खानी खन्न आएका तथा यहाँका दलितहरु तामा पगाल्न आएर बसेको यहाँका मानिसहरु बताउँछन । त्यसैले यहाको तामालाई उत्खनन गरि प्रसोधन गर्न सकेको खण्डमा थुपै तामाका उद्योगहरु संचालन गर्न सकिन्छ । भकिम्लीकै डाँडाखानी पनि तामा खानी रहेको कुरा स्थानिय बासीहरु बताउछन । मुुसुङकै गौथले, र चिरुवा पाखामा स्लेतका प्रशस्त खानी भएता पनि आर्थिक स्रोतको अभाव, तथा सिपयुक्त जनशक्तिको अभावमा उत्खनन गर्न सकिएको छैन । त्यसैले यस्ता खनिज उत्खननको लागि आधार तयार गरि दिर्घकाल सम्म उत्खनन गर्न सकेको खण्डमा यहाँका जनताको रोजगारक सृजना भई जीवनस्तर माथी उठाउन सहयोग पुन्ने देखिन्छ ।
६) कृषिः भकिम्ली पहाडी भिरालो भु धरातल र थोेरै चिसो हावापानी भएको हँुदा यहाँ फलफूल र तरकारी खेतीको लागि प्रशस्त सम्भावना बोकेको स्थान हो । यहाँ प्रबिधिक ज्ञान, नयाँ बिधि तरिकाको अभावमा यहाँको मानिसहरु जीवन जिउनको लागि मात्र खेती गर्ने गरेका छन । अबको बिकाशको लागि सम्भावना बोकेका केही कृषि उपज बारे जान्न आवश्यक छ ।
क) सुन्तला : सुन्तला भकिम्लीको पहिचान बन्न थालेको छ । राखु, छाप, हल्लेगौडा, डाँडाखानी, बालम लगायतका स्थानमा प्रशस्त मात्रामा बिभिन्न जातका गुलिया सुन्तला फल्ने गर्दछन । सुन्तलाको जातमा विविधिकरण, गर्ने, तालिम, औषधिउपचार, स्टोर, तथा बजार व्यबस्थापन गर्न सकेको खण्डमा यहाँको सुन्तला उत्पादनको क्षेत्र बिस्तार हुनुको साथै यहाँको युवाले रोजगारको अवसर पाउने प्रशस्त सम्भावना बोकेको देखिन्छ ।
ख) आलुः आलु पनि भकिम्ली बासीको पहिचानको कृर्षि उपज हो । भकिम्लीका मुसुङ, भुकभुके, थोतनेरी, रातखाल लगाएतका स्थानमा फल्ने आलु निकै स्वादिस्त हुने गर्दछन । यी स्थानमा पनि आलुको विऊ विजनमा बिबिधता, तालिमको अभाव, लगानीको अभाव, उत्पादित आलुको स्टोरको अभाव, साथै बजार व्यवस्थापन गर्न नसक्दा यहाँको जमिनको उत्पादकत्व खेर गैरहेको छ । आगामी दिनमा यस क्षेत्रको सम्भावनाको पहिचान गरि आवश्यक पूर्वधार बिकाश गर्न सकेको खण्डमा यहाँका थुपै युवाहरुले अर्थ उपार्जन गर्न सक्ने देखिन्छ ।
७) साँस्कृतिक धरोहरः भकिम्ली सास्कृतिक रुपमा पनि धनी मानिन्छ । यहाँ मगर तथा छन्त्याल जातिका भेषभुषा,रहनसहन, नृत्य तथा सुन्न लाएक छन । यसको बिकाश र प्रबर्धन गर्न सकेको खण्डमा पनि कैयौ हाम्रा सास्कृतिक धरोहर बचाउनको लागि टेवा मिल्ने देखिन्छ ।
विकाशको लागि सुझावः
क) तत्काल गर्नुपर्ने कार्यः
ड्ड बेलढुङगा, चिप्लेती, डोलेखानी, स्वर्गआश्रम यहाँका अवलोकन गर्न लायक स्थान हुन जसमा भिउ टावर निमार्ण तथा बाटोको सुधार गर्नुपर्ने, स्वर्गाआश्रममा मन्दिरको पुनरनिमार्ण तथा भौतिक संरचनामा सुधार,
ड्ड मुसुङ, डोले भुकभुके थोतनेरी जस्ता स्थानमा अर्गानिक खाना तथा सास्कृतिक कार्यक्रम सहितको हामस्टेको विकाशको आगि सम्भाव्यता अध्यन गरि पूर्वधार निमाणर्,
ड्ड बेनी देखी भकिम्ली पुग्ने सडकलाई स्तर उन्नती गरी बाग्लुङको धम्जा, तथा अर्गलसम्म जोड्ने बाटो खोल्नुपर्ने,
ड्ड विद्युतको तथा संचारको लागि नेपाल टेलिकमको क्षमता बृद्धि गरि सबैको पहुँच निमार्ण,
ड्ड सुलभ तथा निशुल्क घुम्ति स्वास्थ उपचारको व्यवस्थापन साथै भकिम्लीको लागि एक एम्बुलेन्सको व्यवस्था,
ड्ड नगरबसको सम्भाव्यता अध्ययन तथा संचालन,
ड्ड जातिय छुवाछूतको अन्त्यका लागि राजनैतिक प्रतिबद्धता सहित छुवाछूत मुक्त भकिम्ली धोषणा,
ड्ड प्राकृतिक प्रकोप व्यवस्थापनको लागि आकस्मिक कोषको व्यवस्थापन,
ड्ड डोलेडाँडा, तोराखेत जस्ता स्थानमा प्यारागलाइडिङको सम्भाव्यता अध्ययन
ड्ड सिँगाबाट डोले डाँडा हुँदै स्वार्गआश्रम सम्मको केबुलकारको सम्भाव्यता अध्ययन
ड्ड घरघरमा शुद्ध पानीको व्यवस्थापन, गुणस्तरिय प्राबिधिक शिक्षाको व्यवस्थापन, शिक्षामा पहुजको सृजना,
ख) दिर्घकालिन रुपमा गर्नुपर्ने कार्यहरु
१) पर्यटन विशेषः पर्यटनको विकाश गर्नको लागि निम्नानुसारको पूर्वधार तथा कार्य गर्नुपर्ने देखिन्छ ।
ड्ड जंगलमा व्यवस्थित शिकार गर्ने प्रबन्ध तयार गर्ने,
ड्ड लालिगुराश महोत्सव गर्ने,
ड्ड बेनी देखि बेलढुङगा सम्मका दौड प्रतियोगिता गर्ने
ड्ड छन्त्याल तथा मगर जातिका कला संस्कृतिको महोत्सव, तथा सो जातिका विभिन्न परिकार महोत्सव
ड्ड डोलेडाँडा, तोराखेत जस्ता स्थानमा प्यारागलाइडिङको सम्भाव्यता अध्ययन गरि त्यसको बिकाश गर्न सकेको खण्डमा पनि प्रशस्त मात्रामा पर्यटकलाई भित्राउन सकिन्छ ।
ड्ड सिँगाबाट डोले डाँडा हुँदै स्वार्गआश्रम सम्मा केबुलकारको सम्भाव्यता अध्ययन तथा निमार्ण गर्न सकेको खण्डमा म्याग्दी बागलुङको सम्बन्ध स्थापना हुन्ुको साथै यस स्थानले विकाशको गति लिने देखिन्छ ।

२) पूर्वधारको बिकाशः हरेक पूर्वधारको निमार्ण गर्दा भविस्यदर्सि भएर निमार्ण गनूपर्दछ । यातायात, खानेपानि, विद्युत अगायतका संरचना लाई मजबुतिको साथ तयार गर्ने । साथै महेखोला, बालमखोलाबाट साना विद्युत आयोजनको लागि सम्भाव्यता अध्यन तथा निमार्ण,
३) प्राकृतिक प्रकोपको व्यवस्थापनः तोराखेतमा देखिएको पहिरो तथा अन्य स्थानमा देखिएको खोला नदिको कटान यहाँको समस्याको रुपमा रहेको छ । तोराखेतमा जोखीममा रहेका बस्तीलाई पुनरस्थापना गर्नु, पीडितलाई राहत व्यवस्थापन गर्नु, तथा मनोबैज्ञानिक रुपमा सुरक्षित भएको महशुस गराउन सक्ने नेतृत्व भकिम्ली बासीले चाहेको छ ।
४) अन्धबिस्वास तथा कुरिती व्यवस्थापनः साक्षर भएर पनि यहाँ मानिसहरु धाकी,झाक्रि तथा बोक्सा बोक्सीमा बिश्वास गर्ने मानिसको सङख्या उल्लेखनिय देखिन्छ जसको कारण गालि बेइज्जति तथा ज्यानै जान सक्ने अवस्था देखिन्छ । जुवा तास, महिला हिंसा तथा पारिवारिक बिचलन प्रशस्त मात्रमा रहेको देखिन्छ । जसले समाजको बिकाशको गतिको बाधक बनेको देखिन्छ । यस्ता कुरिती व्यवस्थापन होस भन्ने भकिम्ली बासिको अपेक्षा रहेको छ ।
५) जातीय छुवाछुट ः भकिम्लीमा लामो समय देखि दलितहरुले जातीय छुवाछुट जस्तो अमानविय व्यबहार सहदै र भोग्दै आएका छन । अझै पनि सर्बजनिक भोजमा समेत एकै स्थानमा संगै बसेर खान सक्ने स्थीति सहज बनेको छैन । बिबाह, ब्रतबन्ध, तथा मृत्यूका संस्कारमा सामेल भएता पनि भोजको लागि छुट्टा छुट्टै बसेर खाने स्थीति भएको हुनाले २१ औ शताव्दिमा पनि छुवाछुट जस्तो कलंक रहिरहनु यहाँको बिदम्बना हो ।
६) बिश्वसंग जोडने ः बिज्ञान र प्रबिधिको प्रयोग र यसलाई सबैको पहुच योग्य बनाई सबै जनतालाई बिश्वका मानिस संग नजिक राख्न इन्टरनेटको साथै नेटवर्कको उचित व्यवस्थापन गर्ने ।
७) रोजगारिको सृजना ः स्थानिय स्रोतको उपयोग र युवामा सिपको बिकाश गरि आत्मनिर्भर बन्ने बातावरण सृजना गर्नु महत्वपूर्ण पक्ष हो । दिन दिनै बिदेशिएका युवा रोक्न प्रशस्त रोजगारको सृजना गरी आत्मनिर्भर बनाउन उचित कदम बढाउन आवश्यक देखिन्छ ।
८) फलफूल तथा पशुपालनः फलफूल तथा पशुपालन यस स्थानको सम्भावनको क्षेत्र हो । अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन योजना वनाई फलफूलको – (विशेषत सुन्तला तथा किवि) व्यवसायिक तालिम, विउ प्रविधिको सहायता तथा विकाश गर्ने । सुन्तलालाई थप मुल्य पार्नको लागि कोल्ड स्टोर निमार्ण गरि चैत्र बैसाखमा बहुमुल्य रकमा बेच्न सकिन्छ । बाख्रा पालिनमा युवाहरु लागेको अवस्थामा थप ऋिण व्यस्थापन गर्नुको सार्थ प्राविधिक व्यवस्था उपलब्ध गराउनु पर्दछ । साथै गाई भैसि, बाख्रा लगायताका पशुहरुको कृतिम गर्भधान स्थलको रुपमा विकास गर्न सकेको खण्डमा निकै लाभ हुने देखिन्छ ।
९) उल्लेखित स्रोतको पहिचान र बिकाशः स्थानिय सरकारका प्रमुखले माथी उल्लेखित कृषि,पशुपालन, बन, पानी, खानी, पर्यतटनको बिकाशको लागि अवधिक तथा दिर्घकालिन योजना बनाई निरन्तर प्रयास गर्नु पर्ने देखिन्छ । यहाँ भएका स्रोतका पहिचान गरी त्यसमा लगानी थप गर्दै स्थानिय बासिन्दाको अपनत्व ग्रहन गर्ने बाताबरण बनाउन सक्यो भने उन्नत भकिम्ली बनाउन सहयोग मिल्ने देखिन्छ ।

राजनैतिक नेतृत्वले जनतालाई भ्रममा पारि भिन्न भिन्न चुनावमा भिन्न पार्टिमा भोट हाल्न पारिनु साथै नेतृत्व तहबाट पैसाको चलखेल गरिनु विदम्बना हो । स्थानिय जनप्रतिनिधिले भौतिक विकाशको न्योचित वितरण गर्न नसक्नु तथा भौतिक विकाशलाई मात्र विकाश हो भनि सोही अनुसार कार्यक्रम तयार गर्नुले विकाशमा गति लिन सकेको देखिदैन । स्थानिय तह तथा नगरपालिकाले विकाशको आवश्यकत्ताको पहिचान कसरि गर्न सक्छ भन्ने उदाहरणको रुपमा डोले विद्यालयको पछाडि रहेको गाडिको लागि बनाईएको काठको पुल तथा त्यही पर डोजर लगाई तयार भएको मैदान ।

विदेशमा जाने युवालाई रोक्न नसक्नु तथा एक व्यक्ति एक अम्मल (कुलतमा फसेका युवा चुरोट, रक्सि, जुवातास) नियन्त्रण गर्नु चुनौटि बनेको छ । भकिम्लीमा कामको लागि चुनौति मात्र नभएर प्रशस्त मात्रामा सम्भावना पनि रहेको छ ।  यहाँको स्रोत साधनको उचित प्रयोग, आर्थिक लगानी , दिर्घकालिन सोच तथा योजना तर्जुमा र काम गर्नै इच्छाशक्ति भएको खण्डमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन योजना बनाई विकाश गर्न सकेको खण्डमा मात्र सुन्दर र बिकशित भकिम्ली बनाउन सकिन्छ । यस नगरपालिका तथा वडा कार्यलयको कुशल नेतृत्वले यस भकिम्लीको मुहार फेर्न अधिकतम इच्छशक्ति देखाओस् । भकिम्ली बासिलाई पुन नेतृत्व चुन्ने अवसर सृजना गरोस यही भकिम्ली बासिको चाहना हो ।

मुसुङ मेलामा धनु लेकालीले तयार गरेर प्रस्तुत गरिएको अवधारण पत्र.

धन्यवाद ।