म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित रुप्से झरना र अन्धगल्छीको काखमा चर्चित गायक–गायिकाको घम्साघम्सी दोहोरीले खेलेका छन् । दानामा रहेका पर्यटकीय, धार्मिक तथा पुराना कला र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले ‘जाँउ हिड दाना गाउँ’ दोहोरी गित मार्फत लोकदोहोरीमा प्रख्यात कलाकारले रुप्से र अन्धगल्छी,कालिगण्डकी नदी, भुमे सहित दर्जनौ कला र संस्कृतिलाई समेटेका छन् ।

गीतका परिकल्पनाकार एवम् शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचनको परिकल्पना रहेको दोहोरी गीतमा गायिका सुस्मा लोहनी, अनुपा थापामगर, दिलिसा थापामगर, दुर्गा परियार, गायक बालकुमार श्रेष्ठ, कुशल बेलबासे लगाएतको प्रस्तुती रहेको छ । परिकल्पनाकार तुलाचनका अनुसार विश्वकै गहिरो अन्धगल्छी र सुन्दर रुप्से झरनाको प्रचारप्रसारका साथै पूर्वाधार विकासलाई समेत ध्यान केन्द्रित गरेर लाईभ दोहोरी गरिएको बताए ।

उनले लोकगायनको क्षेत्रमा समेत सक्रिय दाना गाउँ पञ्चायतका प्रधानपञ्च, गोरखा दक्षिणाबाहु चौंथोबाट विभुषित स्वर्गीय चक्रप्रसाद तुलाचनलाई सर्मपित गरिएको बताए । यसअगाडी पनि ‘हाम्रो दाना गाउँ’ नामक म्यूजिक भिडियोको सुटिङ गरिएको थियो । उक्त गितले लोकप्रिय भएको थियो । गीत यूटुवबाट सार्वजनिक भएको छ । रुप्से तथा आसपासका क्षेत्रमा यसअगाडी समेत विभिन्न न्यूजिक भिडियो छांयाकन भएका थिए ।