लगातारको हिमपातले मुस्ताङको जनजीवन प्रभावित भएको छ । मंगलबारदेखि भइरहेको हिमपातले सदरमुकाम जोमसोम बजार सहित बस्ती समेत सेताम्ये भएको छ । हिमपात हुँदा कृषक र पर्यटकहरु रमाए पनि बृद्धबृद्धा,बालबालिका र पशुचौपायाँलाई भने सास्ती भएको छ ।

हिउँपरेपछि मुस्ताङका नाङ्गा डाडाकाँढा,पाखा पखेरा,खर्क,सडक र बजार सबै सेताम्मे बनेका जोमसोमस्थिन नेपाल बैंक लिमिटेडका सहायक शाखा प्रबन्धक नवराज सुबेदीले बताए । उनका अनुसार हिउँ परेपछि कृषक र पर्यटकहरु रमाएका छने भने बृद्धबृद्धा,बालबालिका र पशु चौपायाँलाई भने सास्ती भएको छ । चिसोका कारण स्थानीयहरु घर बाहिर निस्कन सकेका छैनन् । लामो समयको खडेरीपछि पानीसँगै हिउँले परेपछि कृषकहरु खुसी भएका छन् । हिमपातले मुस्ताङ भित्रका सडक समेत अवरुद्ध भएको छ । तस्वीर सौजन्य नवराज सुबेदीz