नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ ।
बुधबार सदरमुकाम बेनिबजार स्थित माउन्ट एभरेष्ट आवासीय मा.बिमा पुनर्गठन इकाई कमिटीको अध्यक्षमा सुमित्रा शेरपुन्जा मगर चयन हुनुभएको छ ।

कमिटीको उपाध्यक्षमा अनिश अर्मजा मगर, सचीवमा सोम रोका मगर , सहसचिवमा प्रतीक्षा पुन मगर, र कोषाध्यक्षमा अरुणा पुन मगर सहित १७ सदस्य कार्य समिति गठन गरिएको नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दिको सदस्य सोनिया पुन मगरले जानकारी दिनुभयो । नेपाल मगर बिद्यार्थी संघ म्याग्दीका अध्यक्ष श्याम थापा मगरले नयाँ कार्य समितिलाई बधाई ज्ञापन व्यक्त गर्दै मगर भाषा, सस्कृतीलाई संरक्षण र बिकास गर्नमा बिद्यार्थीहरु लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

त्यसैगरि कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका स्वबियु सदस्य रश्मि रोका मगरले मगर जातीको बिकासको लागि र सिङ्गो नेपाल देश बिकासको लागि आजका युबाहरु अगाडी बद्नुपर्ने तत्कालीन आबश्यक रहेको बताउनुभयो ।नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दिको अध्यक्ष श्याम थापा मगरको अध्यक्षता धौलागिरि क्षेत्रका सदस्य धन बहादुर रोका ( समीर) को सन्चालन र स्वबियु सदस्य रश्मि रोका मगरको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।