जलजला गाउँपालिका ५ लेकफाँटको ग्रामप्रकाश माविमा निशूल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।लायन्स क्लव अफ पोखरा युनिटी चौतारी र लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा शनिबार सञ्चालन भएको शिविरमा स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरण सेवा उपलब्ध गराइएको थियो ।

१९० जनालाई जनरल, २४८ जनालाई दन्त, १०५ जनालाई आँखा र ७० जनालाई स्त्रीरोग सम्बन्धी सेवा दिइएको लायन्स कल्व अफ बेनी मल्लाजका कोषाध्यक्ष पुष्कल ढुङ्गानाले जानकारी दिनुभयो ।पोखराको मणिपाल शिक्षण अस्पताल, हिमालय आँखा अस्पताल, नोवेल डेन्टल हस्पीटलका चिकित्सकहरुले सेवा दिनुभएको थियो । ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई गाउँघरमै आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको लायन्स क्लव अफ बेनी मल्लाजका अध्यक्ष श्रीलाल चपाइले बताउनुभयो ।