रायोको सागबाट भिटामिन के, ए, सी, ई, बी–वान, बी–टु, बी–थ्री प्राप्त गर्न सकिन्छ ।

– यो प्रोटिन, म्याग्नेसियम, आइरन, फस्फोरसलगायतका पोषण तत्वले पनि भरिपूर्ण हुन्छ ।

– फाइबर स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ, जुन रायोको सागबाट प्राप्त गर्न सकिन्छ । यसले प्रदान गर्ने प्यान्टोथेनिक एसिड, फाइबर, फोलेटलगायतका पोषण तत्वले सधैँ स्वस्थ रहन मद्दत पु९याउँछ ।

– रायोको सागलाई मस्टर्ड ग्रिन्सको नामले पनि चिनिन्छ । यो विश्वमै बढी स्वस्थकर तरकारीमा पर्ने गर्छ । यो विश्वमा उपलब्ध तरकारीमध्ये दोस्रो बढी पोषणयुक्तमा पर्छ । जसले शरीरलाई पूर्ण रूपमा स्वस्थ राख्न मद्दत पु९याउँछ । यसलाई पकाएर, काँचै सलादका रूपमा र सिजिनिङ गरेर पनि खान सकिन्छ । बढी मात्रामा पकाउँदा भने यसमा भएको पोषण तत्व घटेर जाने सम्भावना हुन्छ ।