‘फास्ट फूड’ हाम्रो स्वास्थ्यको लागि कति खतरनाक छ भन्ने कुरा प्राय हामी सबैलाई थाहा भएकै कुरा हो । तर यी सबै कुरा थाहा हुँदा हुँदै पनि हामीले आफूलाई ‘फाष्ट फूड’ खानबाट रोक्न सक्दैनौं । ‘फाष्ट फूड’ खानका लागि हामीले कहिले आफ्नो साथीहरुसँग त कहिले आफ्नो मन बहलाउनका लागि कुनै न कुनै बाहाना खोजेकै हुन्छौं । त्यसोत, जबसम्म डाक्टरहरुले ‘फाष्ट फूड’ नखानका लागि सोलिड रिजन हामीलाई बताउँदैनन्, तबसम्म हामी फाष्ट फूडको पछाडि दौडिरहेकै हुन्छौं ।

फाष्ट फूड खान छोड्दा निम्न फाइदा शुन्छः

त्वचाः फाष्ट फूड सेवन गर्दा स्वास्थ्यमा मात्र असर गर्दैन, तपाईको त्वचालाई पनि प्रभावित गरिदिन्छ । तपाई हाम्रो अनुहारमा पिम्पल्स र दाग, धब्बा आउनुमा पनि कुनै न कुनै फाष्ट फूडकै देन हुन्छ ।

फाष्ट फूड खाँदा हार्मोनल इम्ब्यालेन्सको सामना गर्नुपर्ने हुन्छ । जसको कारण त्वचामा दाग दब्बा आउन थाल्छ । यसका साथै तपाई हाम्रो त्वचाको सुन्दरतामा कमी आउँन सुरु हुन्छ ।

निद्रा नलाग्नुः फाष्ट फूडको सेवन गर्दा तपाईको हाम्रो स्वास्थ्यका साथै निद्रालाई समेत प्रभावित पार्छ । निद्रा नलाग्नुमा फाष्ट फूडको सेवन पनि हुनसक्छ । किनभने फाष्ट फूड सेवन गर्दा न्युरोकेमिकल प्रोसेस प्रभावित हुन्छ । यसै कारण निद्रा नलाग्ने, चिडचिडापन आउने लगाएतका समस्या आउने गर्दछ ।

यदि तपार्ई पनि निद्रा नलाग्ने समस्याबाट गुज्रिरहनुभएको छ भने जङ्क फूड (फाष्ट फूड)लाई अलविदा गरिदिन विज्ञहरुको सल्लाह छ ।

मुटुमा असरः फाष्ट फूडको अत्याधिक सेवनले मुटुमा असर गर्दछ । पछिल्लो समयको फाष्ट फूडमा सुगर फ्याटको मात्रा धेरै हुनेगर्दछ, जसले मुटुको समस्याहरुलाई बढाइदिन्छ । यसै कारण आफ्नो मुटुलाई ख्याल राख्नका लागि फाष्ट फूडको सेवन नगर्ननै उत्तम हुने विज्ञहरुको भनाई छ ।

कपाल झर्नुः फाष्ट फूडले सबै भन्दा बढी हाम्रो कपाललाई प्रभावित गर्छ । प्रोसेस्ड र फाष्ट फूडमा ताजा खाना र पोषक तत्वको मात्रा निकै कम हुन्छ । त्यसैले हाम्रो कपाललाई फाष्ट फूडको सेवनले चाहिले जति पोषक तत्व पाउँदैन, जसको कारण हाम्रो कपाल विस्तारै रुखो हुँदै जान्छ । Agency