वेष्ट पोइन्ट कलेजमा कबिता प्रतियोगिता

वेष्ट पोइन्ट कलेजमा कबिता प्रतियोगिता सम्पन्न भएको छ १४ फरबरी भ्यालेन्टाइन डे को अवसरमा सो प्रतियोगीता सम्पन्न भएको हो । कलेजको बिबिएस तहमा अध्ययनरत विद्यार्थीहरुको क्लब Influential Bachelors Club को आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १० जना कवी तथा कवयत्रीहरुले कबिता बाचन गरेका थिए भने केहि अप्रतियोगी कबिता पनि बाचन भएका थिए कार्यकममा नृत्य तथा विभिन्न सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो  । 

कविता प्रतियोगितामा बिबिएस द्वितीय बर्षमा अध्ययनरत चिरन्जीवी आचार्य प्रथम कक्षा १२ मा अध्ययनरत ममता जिसी द्वितीय बिबिएस तेश्रो बर्षमा अध्ययनरत प्रिती कार्की तृतीय र कक्षा १२मा अध्ययनरत कमल तिलिजा सान्तवना भएका छन् कलेजका प्राध्यापक गोबिन्द प्रसाद सुबेदीले प्रेम दिवसको अवसरमा आफ्ना रचना बचन गर्नु भएको थियो भने क्लबका सचिव कृष्ण विश्वकर्माले अप्रतियोगी कबिता बाचन गरेका थिए  । 

त्यसै गरि बिबिएस दोश्रो बर्षका सनम चोखालले आमा शिर्षकमा अह्ग्रेजी कबिता बाचन गरेका थिए  कार्यक्रम क्लबका अध्यक्ष दिनेश कुमार बिश्वकर्माको अध्यक्षता वेस्ट पोइन्ट एजुकेशन फाउन्देशनका संस्थापक निर्देशक सुबासकुमार श्रेष्ठको प्रमुख अतित्यथा र क्लबका सहसचिब बिबिएस दोश्रो बर्षका साजन परियार र सदस्य बिबिएस दोश्रो बर्षका बन्दना परियारको संचालनमा सम्पन्न भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ  । 

Previous articleतस्वीरमा मालिकाको प्रथम राष्ट्रपति रनिङ शिल्ड
Next articleदही खान नजान्दा बिष पनि बन्न सक्छ ! दही कहिले र कसरी खाने ?