अनुहारको छाला सफा र गोरो बनाउनको लागि मुसुरोको दाललाई मोटो धूलो सुख्खा पाउडरजस्तो बनाई डब्बामा राख्ने, यही मुसुरोेको दालको पाउडरले अनुहार धुने गर्नुहोस् ।

– चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने गरेमा छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाहरूका लागि यसले एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो बनाउने गर्दछ ।

– अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने टमाटरलाई लेदो बनाई पूरै अनुहारमा लगाउनुहोस् र २० मिनेटपछि पानीले अनुहार सफा गर्नुहोस् । यसो गर्नाले चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ ।

– काँचो बेसारको मसिनो लेप दूधमा हाली पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा हल्का मालिस गर्ने , यो मालिसले केही दिनमै सम्पूर्ण शरीरको छालामा निखार आई छाला मुलायम, गोरो एवं बेदाग देखिन्छ ।
– आँखा वरिपरि कालो घेरा छ भने आलुलाई कोरेसोमा कोर्ने र आँखामाथिबाट कोरेको आलु १५ मिनेटसम्म राखेर नियमित रूपमा सफा गरे कालो घेरा समाप्त हुन्छ ।

– महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुख्खा छ भने सधैं राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।

– मेवाको लेप लगातार केही महिना लगाउने हो भने छालाको सबै दाग हराउँछ ।

– अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको महत्वपूर्ण भूमिका हुुन्छ । कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ । छाला सुख्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाउनुपर्छ ।