म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार प्रवासमा रहेका म्याग्देली संघसंस्थामा सक्रिय संस्थामा पर्छ । सन् २००३ मा प्रेम रसाईलीको सक्रियतामा स्थापना भएको म्याग्दी सेवा समाज कतारलाई नै मोनाा रुपान्तरण गरिएको संस्था मार्फत धेरै रचनात्मक कार्यहरु भइरहेका छन् । कतारमा रहेका म्याग्देली सहित नेपालीका गतिविधिमा सहभागिता जनाउने गरेको संस्थाले जन्मभूमि म्याग्दीमा पनि थुप्रै कार्यहरु गरेको छ । सहकार्य र एकताबाटै संस्थागत गतिविधि गर्न सकिन्छ भन्ने सन्दैश फैलाउन सफल मोना कतार आगामी मार्च ८ गते नवौं साधारणसभाको तयारीमा जुटेको छ । यसैसन्र्दभमा मोना कतारका अध्यक्ष रमेश पौडेलसंग बेनीअनलाइनले गरेको कुराकानी ।

यहाँलाई बेनीअनलाइन संवादमा स्वागत छ ?
धन्यवाद, लोकप्रिय अनलाइनमा मोना कतारमा मेरो कार्यकालमा गरेका गतिविधिका बारेमा आफ्ना भनाई राख्ने अवसर दिनुभएकोमा अनलाइन परिवारप्रति अभार प्रकट गर्दछु ।

कार्यकालको अन्त्य तर्फ हुनुहुन्छ, के गदैं हुनुहुन्छ त ?
मोना कतारको नेतृत्व लिएको दुईबर्ष वितेको छ ।कार्यकालको अन्त्यसंगै साधारणसभाको तयारीमा ब्यस्त छु ।कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था भएकाले पनि आगामी मार्च महिनामा सम्पन्न हुने साधारणसभालाई सभ्य र भब्य रुपमा सफल बनाउने प्रयास भइरहेको छ । केही दिन घर विदामा नेपाल गएर फर्किएको छु । मैले आफ्नो अपिसको नियमित कार्यसंगै सामाजिक कार्यहरुमा समय दिइरहेको छु । कतारमा रहेका विभिन्न नेपाली संघसंस्थाका कार्यक्रहरुसंगै कतार सरकारले आयोजना गर्ने सेमिनारमा समेत सहभागिता हुने अवसर मिल्ने गरेकाले त्यसलाई पनि सदुपयोग गर्ने गरेको छ ।

मोना कतारको छोटो कार्यकालमा के कस्ता गतिविधि गर्नुभयो त ?
कतारमा रहेका म्याग्देली सहित नेपालीहरु बीचमा रहेर धेरै गतिविधिमा संलग्न हुने अवसर पाए । संस्थागत गतिविधिमा दुर्घटनामा घाईतेको उद्धार, राहत तथा उपचार, कानुनी प्रक्रिया जस्ता कार्यहरु धेरै भए । मोना शुभकामना साँझ, एनआरएनएकको कार्यक्रम, नेपाली दुतावासका गतिविधि, जन्नभूमिमा प्राकृतिक प्रकोपमा परेका सहित विभिन्न किसिमका राहत साम्रागीहरु वितरण, कतारमा नेपाली संघसंस्था संग सम्बन्धित विभिन्न कार्यक्रमका साथै कतार सरकारले आयोजना गरेको ट्राफिक जनचेतनामुलक सेमिनारमा सहभागी, गण्डकी प्रदेशबाट कतारमा पुगेका नेपालीहरुको जमघट सहित थुप्रै काम भएका छन् ।

तपाईलाई यो पनि जानकारी गराउँछु मोना कतारमा रहेका नेपाली संघसंस्थामा लोकप्रिय भएकाले पनि धेरैजसो कार्यक्रममा निम्तो आउँछ । तपाईले कतार सरकारले आयोजना गरेको कार्यक्रममा सहभागी जनाएको कुरा गर्नुभयो, ज्यान गुमाउने नेपाली सहित

म्याग्देली सडक दुर्घटनामा परेको देखिन्छ, यसबारेमा के भन्नुहुन्छ त ?
निकै महत्वपूर्ण प्रश्न गर्नुभयो ।रोजगारीको सिलसिलामा कतारमा विना तालिम नै आउनेको संख्या अत्याधिक छ । ट्राफिक जनचेतनाको अभावले सडक दुर्घटना पनि निकै जोखिमपूर्ण मानिएको छ । नेपाल र कतारको ट्राफिक नियम फरक छ । सडकमा आवतजावत गर्ने, सवारीसाधन चलाउने क्रममा सचेत नहुदाँ दुर्घटनामा ज्यान जाने गरेको छ । सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेपछि कतार सरकारले समेत नेपाली संघसंस्थाका प्रतिनिधिको उपस्थितीमा कार्यक्रम गरी न्यूनिकरणमा पहल गरेको छ ।

कतारमा आउनु्पुर्व नेपालमा समान्य ज्ञान समेत नभएका काममा सिधै सहभागी हुदाँ समेत दुर्घटनाको जोखिम बढ्छ । पछिल्ला केहीबर्ष यता ज्यान गुमाएका म्याग्देलीको अवस्था हेर्दा समेत हामीले ट्राफिक ब्यवस्थापन सहित काम गर्न आउनुपुर्व नेपालमै न्यूनतम सिप सिकेर आउन अनुरोध गर्ने गरेका छौ । अव आउने नयाँ नेतृत्वलाई पनि मैले सोही अनुरोध गर्ने गरेको छु ।

फेरी नयाँ कार्यकालका लागि उमेम्दवार बन्ने सोच बनाउनुभएको छैन ?
मैले कार्यकाल दोहोराउने पक्षमा छैन् । मोना कतारमा निकै अनुभवी म्याग्देली हुनुहुन्छ । संस्थामा कार्यसमितिबाट विभिन्न पदमा बसेर अनुभव सम्हाल्नुभएका साथीहरूलाई सहयोग गर्ने योजना बनाएको छु । अर्को कुरा एउटा संस्थाका एक कार्यकाल भन्दा धेरै पदमा बस्नु मेरो ब्यक्तिगत विचारमा राम्रो पनि लाग्दैन् तर, पनि आवश्यता अनुसार धेरै संस्थामा एकै ब्यक्तिले कार्यकाल थप्ने गरेको देखेको छु । मैले एक ब्यक्ति एक कार्यकाल अनि एक जिम्मेबारी भन्ने सिद्धान्तलाई लागु गर्ने पक्षमा छु । अर्को कुरा कुनैपनि संस्थालाई सफल बनाउन निर्वतमानको पनि भूमिका हुन्छ जसलाई मैले नजिकबाट हेरेको छु ।

मोना कतार विश्वभर रहेका मोनाका सञ्जालमा निकै सक्रिय पनि देखिन्छ, ब्यस्त दैनिकीमा यो कसरी सम्भव हुन्छ त ?
धन्यवाद, मोनको राष्ट्रिय कार्यसमितिमा मोना कतारका गतिविधि नियमित हुनुमा हामी बीचको एकता, सहकार्य पनि प्रमुख कारण हो । कुनै दवाव र एकल निर्णयबाट काम गरिदैन, सबैका अनुकु हुने गरी कार्यक्रमको तालिका, उचित र अनुभवीलाई जिम्मेबारी प्रदान तथा लक्ष्यका बारेमा प्रष्ट भएकाले पनि धेरै कार्यक्रमका बीचमा पनि समय ब्यवस्थापन गर्न सकिएको छ । अर्को कुरा संस्थामा नेतृत्व गर्नेहरूले समय ब्यवस्थापन गर्न सकेमा गतिविधिले पनि तिब्रता पाउँछ । मोना कतारमा संस्थापक अध्यक्ष देखि साधारण सदस्यसम्मको सक्रियता एकै किसिमको भएकाले पनि सहज भएको छ ।

तपाईहरुको साधारणसभा संगै मोना आइसीको क्षेत्रीय बैंठक समेत कतारमै हुदैछ । के योजना बनाउनुभएको छ त?
मोना आईसीको बैठकको तयारीमा समेत जुटेका छौ । मोना आइसीका उपाध्यक्ष प्रेम रसाईली, सचिव विक्रम कार्की समेत मोना कतारमै हुनुहुन्छ । मोनाको बैठकमा हामीले आफ्नो भनाई राख्नेछौ । मोनाको बैठकमा खाडी मुलुकबाट पनि सहभागी आउनुहुन्छ । मोनालाई थप प्रभावकारी बनाउने गरी कार्यसमिति सदस्यको नाताले पनि मैलै विभिन्न योजना बनाएको छु । विश्वभर रहेका म्याग्देलीलाई प्रभावकारी रुपमा समेट्ने गरी मोनाको नेतृत्वले ध्यान दिनुपर्छ भन्ने मेरो मान्यता छ । मोना आइसीसंगै मिलेर धेरै काम गर्ने वातावरण बनाउन प्रतिबद्ध छु ।

कतारमा सिकेको सीपलाई आफ्नै ठाउँमा प्रयोग गर्न सकिदैन्, सामुहिक लगानीमा पनि सत्रिय हुनुहुन्छ त ?
पक्कै पनि सकिन्छ । कतारबाट सिकेको सीपलाई आफ्नै गाउँमा लगानी गर्ने धेरै साथीहरु हुनुहुन्छ । म्याग्दीमा फर्किपछि बालकृष्ण खत्री लगाएत धेरै साथीहरुले ठुलै लगानीमा ब्यवसाय सुरु गर्नुभएको छ । उहाँहरुजस्तै अन्य साथीहरु पनि विस्तारै फर्किदै हुनुहुन्छ । हामीले पनि यहाँबाट फर्किपछि बाँकी जीवन आफ्नै गाउँठाउँमै लगानी गर्ने योजना बनाएका छौ। नेपालमा लगानीको वातावरण विस्तारै बन्दै गइरहेको अवस्थामा कतारमा रहेका म्याग्देलीले पनि सानो ठुलो लगानीमार्फत विदेशपछिको जीवनलाई गाउँमै विताउने सोच पर्छ ।

खाडी मुलुकमा धेरै नेपालीको सुतेकै अवस्थामा ज्यान गएका तथ्याङ्क छ । यस्तो घटना न्यूनिकरणमा कस्तो भूमिका खेल्न सक्नुहुन्छ त ?
निकै सान्र्दभिक प्रश्न गर्नुभयो । खाडीमुलुकमा सुतेकै अवस्थामा मृत्यु हुने समस्या विकराल बन्दै गइरहेको छ । सुतेकै अवस्थामा मृत्यु हुने घटनामा नेपाल सरकारका प्रतिनिििधमुलक संस्थाले पनि खासै चासो देखाएको छैनन् । हामीले विभिन्न कार्यक्रममा यस्ता समस्यालाई न्यूनिकरण गर्नुपर्नेमा जोड दिने गरेका छौ । एउटा नेपाली दिनभरी कठोर काम गरेर बेलुकी निन्द्रामा सुन्दर सपना देख्दै सुत्ने गरेको अवस्थामा निन्द्रामै संसार छोड्नु पर्ने अवस्थाको पीडाले परिवारमात्रै नभई प्रवासमा रहेका सम्पूणै म्याग्देलीलाई नै स्तब्ध बनाउँछ । मैले बुझेसम्म पछिल्लो समय सुतेकै अवस्थामा मृत फेला पर्ने घटनालाई चिकित्सक सडेन कार्डियाक डेथ भन्ने गरेका छन् ।

बाहिरबाट हेर्दा कुनै समस्या नदेखिए पनि मुटुमा हुने समस्याका कारण यसरी अचानक व्यक्तिको मृत्यु हुने गरेको देखिन्छ । चिकित्सकका भनाईकै आधारमा पनि मुटुको विद्युतीय प्रणाली (चाल) मा गडबडी र रक्त सञ्चार सडेन कार्डियाक डेथमा १र२ घण्टामा व्यक्तिको मृत्यु हुन्छ। पहिल्यै मुटुका समस्या भएकालाई वा कारणै थाहा नभइकन पनि अचानक मृत्यु हुन सक्छ।मुटुले काम गर्न छाडेपछि मस्तिष्कले अक्सिजन नपाउँदा मस्तिष्कको मृत्यु हुन्छ । त्यसैले नियमित उपचारसंगै आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ ।

विदेशबाट सामान ल्याउँदा एरर्पोटममै जफत हुन्छन् । यस्तो समस्या समाधानमा प्रवासी नेपालीको भूमिका कस्तो हुन्छ ?
पारिवारका सदस्यलाई घर फर्किदा परिवारका सदस्य वा आफन्तलाई ‘कोसेली’ ल्याइदिनु स्वभाविकै हो । विशेषगरी मोबाइल, टिभी तथा अन्य विद्युतीय सामान, गरगहना र मदिरा ल्याउने गरिन्छ ।यसमा एरर्पोटभित्रबाट सुन सहित ठुला ठुला तस्कर हुदाँ मौन बस्नेहरु विदेशीएका नेपालीको पसिनाको मुल्यलाई अपमान गर्दैछन्। ब्यवसायको रुपमा नभई घरायसी प्रयोजनका लागि ल्याउने सामानमा सरकारले गिद्धे नजर लगाउनु मिल्दैन् ।अहिले यो कार्यले विदेशमा रहेका नेपाली दुखी छन् । रेम्टियान्सले चलिरहेको देशमा विदेशीएका नेपालीको सामानलाई रोक्ने कार्यले प्रवासी नेपालीलाई राज्यले हेर्ने दृष्टिकोण प्रष्ट भएको बताएका थिए । अझैपनि आफ्नै विमानस्थलमा देखिएको समस्यालाई समाधान गर्न दवावमुलक कार्यक्रमको आवश्यकता छ ।