वेष्ट पोइन्ट कलेज बेनीमा ४ दिने नेतृत्व बिकास र व्यवसायिकता सम्बन्धि तालिम शुरु भएको छ । कलेजमा गठन भएको Influential Bachelor  क्लबको आयोजनामा संचालन भएको तालिम फागुन १७ गते शुक्रबार देखि शुरु भएको हो । तालिम यहि फागुन २० गते सम्म संचालन हुने क्लबले जनाएको छ । तालिममा क्लबका १६ जना विद्यार्थी सहभागी भएको अध्यक्ष दिनेशकुमार विश्वकर्माले बताएका छन् ।

नेतृत्व विकास पब्लिक स्पिकिंग नेटवर्किंग Entrepreneurship Development लगायत बिषयमा भैरहेको र यसले युवामा अत्यन्तै प्रभावकारी भूमिका खेल्ने क्लबका शिक्षक संयोजक कृष्ण गिरीले बताउनु भएको छ ।

तालिम काठमान्डूबाट आएका ६ जना प्रशिक्षार्थीको टोलीले सहजीकरण गरिरहेको छ । यस तालिम पश्चात उनीहरुमा ब्यबसियिक योजना बनाउने, मास स्पिकिंग, लगायतका सफ्ट स्किल प्रदान गर्ने कलेजका भाइस प्रिन्सिपल कृष्ण जिसीले बताएका छन् । कलेजको हलमा दैनिक ६ घण्टा संचालित तालिममा क्लबका सम्पूर्ण पधधाकारी र सदस्यहरु सहभागी भएका छन् ।क्लबले व्यक्तित्व बिकास र सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गर्दै आइरहेको छ।