पछिल्लो समय धेरैजसो मानिस मधुमेहको समस्या भएर अस्पताल पुग्ने गर्छन् । हाम्रो शरीरमा अधिकांश रोग हाम्रै जीवनशैलीका कारण लाग्ने गर्छन् । सन्तुलित खानपान, नियमित व्यायाम गरेको खण्डमा मधुमेहबाट बच्न सकिन्छ । मधुमेह रोग लागेकाले खानेकुरामा अत्यन्तै ध्यान दिनुपर्छ । मधुमेह लागेकाले खानामा ध्यान दियो भने बिस्तारै यो नियन्त्रण हुँदै जान्छ । अब जानौँ, मधुमेह रोगीले खाने खानाबारे स्

– मधुमेह रोगीले कार्बोहाइड्रेटयुक्त खाना जस्तै स् भात, आलु कम मात्रामा खाने गर्नुपर्छ । त्यस्तै, बोसो वा चिल्लो पनि कम खान आवश्यक छ । त्यस्तै, रातो मासु सकभर नखाने र खानैपरे पनि ज्यादै कम मात्र खानुपर्छ । बरु अन्डा र ताजा माछा ठीक मात्रामा खान सकिन्छ ।

– ताजा सागसब्जी, बन्दा, काउली, काँक्रो, भन्टा, साग, गोलभेडा, मुला, गाँजर, प्याज र फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ । अमिलो अचार भने सकभर नखाँदा राम्रो ।

– तरकारीको झोल, सुप आदिजस्ता झोलीय पदार्थ बढी खानुपर्छ । त्यस्तै, नुन कम खान आवश्यक छ भने चिनी कम भएको चिया वा कफी कम मात्रामा
पिउन सकिन्छ ।

– धेरै रेसादारयुक्त गहुँ, मकै, कोदो, फापरजस्ता खाना खानु राम्रो हुन्छ । धानबाट तयार हुने भात, चिउरा आदिको सट्टा गहुँ, मकैजस्ता अन्य खानामा कार्बोहाइड्रेटको मात्रा तुलनात्मक रूपमा कम हुने हुँदा त्यसतर्फ ध्यान पु(याउनु उचित हुन्छ ।

– दाल मज्जाले खान सकिन्छ । भात खानै नहुने त होइन, तर कोदो, मकै आदिबाट निर्मित खानेकुरा ढिँडो, रोटी खाँदा शरीरमा कार्बोहाइड्रेटको मात्रा केही कम भई रगतमा चिनीको मात्रा पनि कम हुन्छ । याे सामग्री नयाँ पत्रिकाबाट लिएकाे हाे ।