जायो यामममा जस्तो गर्मीयाममा सबै जस्तो खानेकुराहरु नपच्ने हुनसक्छ । गर्मीमा पेट त्यति स्वस्थ्य हुँदैन, खानेकुरा पच्दैन । गर्मीमा छिटै सड्ने, गल्ने भएकाले खानेकुराहरु ताजा पनि रहँदैन ।

१. जंग फूड
हाम्रो जिब्रोमा जंक फूडको स्वाद गढिएको छ । छिटो, छरितो र मीठो खान्कीको रुपमा जंक फूड खान्छौं, जो बजारमा सजिलै उपलब्ध पनि हुन्छ । यद्यपि यस किसिमको खानेकुराले जिब्रोलाई क्षणिक लोभ्याए पनि शरीरलाई हानी गर्छ ।

२. स्पाइसी फूड
हामी अक्सर चिल्लो, चाप्लो, मसलेदार खानेकुरामा लोभिन्छौं । यस्तै खानेकुराको चक्करमा फसेर हामीले शरीरलाई रोगको कारखाना बनाइरहेका छौं । मसलेदार खानेकुराले जिब्रोलाई स्वाद दिए पनि त्यसले पाचन यन्त्रलाई सास्ती दिन्छ । त्यस्ता खानेकुरा पचाउन निकै गाह्रो हुन्छ ।

३. ननभेज
मासुजन्य खानेकुरा गर्मीका लागि उपयुक्त मानिँदैन । यसमा रहेको प्रोटिन चाँडै पच्दैन । यही कारण पाचन प्रक्रियामा असर पुर्‍याउँछ । हामीले अनुभव गरेकै हो, मासुजन्य खानेकुरा खाएको बेला शरीर भद्दा हुन्छ । अल्छी लाग्छ ।

४. ड्राइ फ्रूट्स
शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्न सन्तुलित भोजनको आवश्यकता हुन्छ । यसका नियमित खानामा ड्राई प्रmुट्स पनि सामेल गर्नुपर्छ । स्वास्थ्यका लागि यो फाइदाजनक छ । तर, गर्मी मौसममा भने होइन ।

५. चिया कफी
गर्मीमा पर्याप्त पेय पदार्थ पिउनुपर्छ । चाहे त्यो पानीको रुपमा होस् वा रसिलो फलफूलको रुपमा नै । झोलयुक्त खानेकुरा, फलफूल आदिको सेवनले शरीरमा पानीको मात्रा सन्तुलित बनाइराख्छ ।

६. प्रोसेस्ड फूड
तयारी अवस्थामा पाइने वा प्रशोधित खानेकुराले पनि स्वास्थ्यमा नोक्सान पुर्‍याउँछ, खासगरी गर्मीको मौसममा । यस्ता खानेकुरामा नुन, चिनी तथा बोसोको मात्रा बढी हुन्छ ।

७. कोल्ड ड्रिंक
गर्मीमा हामीलाई चिसो कोकाकोला, फ्यान्टा, पेप्सी घुट्क्याउन मन लाग्छ । यसले हाम्रो रहर पूरा भए पनि तिर्खा भने मेटिँदैन । यस्तो पेय गर्मीमा बढी खपत हुने भए पनि त्यसले शरीरलाई फाइदा गर्दैन ।

८. स्ट्रिट फूड
गर्मीमा कतै हिँडिरहेका बेला तपाईलाई चटपटे वा पानीपुरीले लोभ्याउन सक्छ । यस्ता खानेकुराले जिब्रोलाई क्षणिक स्वाद पनि दिन्छ । तर, पेटमा पुगेपछि भने गडबड हुन्छ ।
एजेन्सीको सहयोगमा