पञ्चेबाजा ‘सयौ जुनी जुनी’ बजारमा

म्याग्दीका गायक एवम् हाँस्य अभियनमा लोकप्रिय रबि कार्कीको गितकार तथा सर्जक बसन्त थापाको जाम सुस्तै नामक गीत बजारमा आएको केहीदिनमै कार्कीको स्वरमै ‘सयौ जुनी जुनी’ नामक पञ्चेबाजा बजारमा आएको छ । बैदेशिक रोजगारीबाट फर्किएपछि लोकसंगीतमै सक्रिय रहेका गायक कार्कीलाई देवि घर्तीले साथ दिएकी छन् ।

अंकत परियारको शब्द तथा निर्माण गरेको पञ्चेबाजााम लय गायक कार्की, एरेन्ज तारानाथ शर्मा रहेको छ । गीतमा अभियनमा सारिक र विमल रहेका छन् । गीतको निर्देशन कुमार केसीले गरेका छन् । मायाँपिरतीमा आधारित गीतको सुटिङ छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको मल्लाज लगाएत आसपासका क्षेत्रमा गरिएको छ । म्यूजिक भिडियो रबि कार्कीको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

Previous articleसुत्नु भन्दा अगाडी झुक्केर पनि नगर्नुहोस् यी काम
Next articleविपन्नको उपचारमा सक्रिय शान्ति कोषलाई सहयोग