स्वस्थ रहनको लागि राती राम्रोसंग निदाउन अति आवश्यक छ । व्यायम , स्वस्थ खानपान जस्तै निन्द्राले पनि हामीलाई तन्दुरुस्त रहन ठूलो भूमिका खेलेको हुन्छ ।विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ।

निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ। निद्रा पुगेन भने तिनमा असर पर्छ।तर निद्रा भने प्राकृतिक हुनुपर्छ। निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ।

रातको समयमा राम्रोसंग सुतेपछि स्मरणशक्ति र सिक्ने शक्तिमा सुधार आउँछ भन्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन्।विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ।

निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ। निद्रा पुगेन भने तिनमा असर पर्छ।तर निद्रा भने प्राकृतिक हुनुपर्छ। निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ।

व्यस्त जीवनले गर्दा हिजाेआज खाने समय र सुत्ने समयको टुङ्गो नै हुदैन । यसकारणले गर्दा हाम्रो शरिरमा ठूलो असर परेको हुन्छ । गहिरो निन्द्रका लागि सुत्ने कोठामा मधुरो बत्तीे, खानेकुरा ,धुम्रपान नगर्ने , लामो सास फेर्ने , सकारात्मक सोच्ने र कफी नखाने जस्ता कुराहरुमा ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् ।स्वस्थ रहन दैनिक सातदेखि नौ घण्टा सुत्न जरुरी हुन्छ । पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता र सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ।सात घण्टाभन्दा कम सुत्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्छ र रोगको प्रतिरोध गर्ने क्षमतामा असर गर्छ।

मीठो निद्रा कसरी पार्ने?

  • कफी

कफीमा क्याफिन हुन्छ जसले निन्द्रा लाग्नबाट रोक्न सघाउ पुर्याउँछ । कफीजन्य पदार्थले दिमागलाई उत्तेजित बनाउने र राती लामोसमय सम्म सक्रिय बनाउँछ । मधुरो बत्तीले
निद्रा लाग्न सहायता पु¥याउछ ।

  • अँध्यारो

बत्ती निभाएर सुत्दा आँखामा शितलताको महशुस हुने हुँदा निन्द्रा लाग्छ । निद्राका लागि आवश्यक महत्त्वपूर्ण हार्मोनका लागि शरीरले अँध्यारो खोज्छ।विकासको एउटा नराम्रो पक्ष भनेको हामी निरन्तर उज्यालोमा हुन्छौँ। सुत्नुअघि कोठाको उज्यालो कम गरेर हामी अँध्यारो बनाउन सक्छौँ।

यसको अर्थ मोबाइल वा टीभी वा कम्प्युटरको स्क्रीनबाट पर रहनु पनि हो। स्क्रीनले ‘नीलो प्रकाश’ निकाल्छ जसले निद्राको हार्मोन मेलटोनिनको प्रभावलाई निस्तेज पारिदिन्छ।त्यसैले सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ।

  • खाना

खानेकुरामा ध्यान नदिएमा पनि निन्द्रा नलाग्ने हुन्छ । हाम्रो दिमागलाई शान्त बनाउने प्रकारको खानेकुरा खाएमा सजिलै निन्द्रा लाग्नुको साथै स्वस्थ्य रहिन्छ । राम्रो निदाउन दाल , फलफूल , सलाद, दूधजस्ता हलुका खानेकुरा खान डाक्टरहरु सुझाव दिन्छन् ।

  • धुम्रपान

चुरोटमा निकोटीन पाइने हुँदा यसले निन्द्रालाई असर पु¥याछ । धुम्रपान गर्ने व्यक्ति नगर्ने व्यक्ति भन्दा चार गुणा निदाउने विभिन्न अनुसन्धानबाट पत्ता लगाइसकेको तथ्य बाहिरा आइसकेको छ ।

  • लामो श्वास

लामो सास फेर्दा स्वास्थ्यको लागि फाइदा हुने बेलायतको नर्थवेस्टर्न विश्वविद्यालयको एक अनुसन्धानबाट पत्ता लागेकाे छ । उक्त अनुसन्धानमा नाकबाट लामो सास तान्दा हाम्रो दिमाग बलियो हुने र स्मरणशक्ति बढ्ने उल्लेख गरिएको छ । लामो सास फेर्दा अक्सिजनको मात्रा बढ्ने र सजिलै निदाउन सकिने उल्लेख छ । news24nepal.com