अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

चिनको तिब्वत जोड्ने कोरला नाकामा संरचना निर्माणको काम अघि बढ्ने

On: March 20, 2019 1:18 PM
Follow Us:

नेपाल सरकारले आगामी अप्रिल अर्थात् बैशाखदेखि चीनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङ स्थित बहुचर्चित कोरला नाकाको भौतिक संरचनाको काम अघि बढाउने भएको छ ।उपल्लो मुस्ताङवासीले चीनसँग सीमाना जोडिएको कोरला नाका छिटो खोल्न सरकारसमक्ष माग गरेपछि अर्थ मन्त्रालयमा सरुवा भएका भन्सार विभागका निवर्तमान महानिर्देशक तोयम रायाले आगामी बैशाखपछि कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माणको काम शुरु हुने बताएका हुन् ।‘

सरकार प्रक्रियागत रूपमा कोरला नाका खुलाउने कार्यमा अघि बढिरहेको छ’ उनले भने आगामी अप्रिलदेखि संरचना निर्माणको काम शुरु हुन्छ ।’ नाकामा आवश्यक सुरक्षा व्यवस्थाका साथै भन्सार, क्वारेन्टाइन लगायत एकीकृत संरचना विकास गर्ने तयारी रहेको उनले जानकारी दिए ।

उक्त नाका सरकारको प्राथमिकतामै रहेकाले धैर्य राख्न उनले आग्रह गरे । कोरला नाका खुलेपछि गण्डकी प्रदेशको मात्रै नभएर नेपालको लागि नै सबै भन्दा छोटो र महत्वपूर्ण नाका हुने उपल्लो मुस्ताङ्गीहरुको विश्वास रहेको छ ।कोरला नाकामा चीनले भने सम्पूर्ण अन्तरदेशीय संरचनाहरु निर्माण गरीसकेको छ । अहिलेसम्म नेपालतर्फ भने कुनै पनि संरचना निर्माण हुन सकेको छैन ।

कोरला नाका भौगोलिक हिसाबले पनि चीनसंगको सबै भन्दा छोंटो र सुरक्षित नाका हुने स्थानीयले बताएका छन् । उपल्लो मुस्ताङको भूगोललाई राम्रोसंग बुझेका लो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले नेपाल र चीनका लागि सबैभन्दा छोटो मानिएको तातापानी नाका भन्दा कोरला नाका निकै सुरक्षित र सहज भएको बताए । कोरला नाका संचालन भएपछि गण्डकी र ५ नम्वर प्रदेशमा चिनियाँ सामानहरु सस्तो र सुलभ हुने उनको भनाइ छ ।

उपल्लो मुस्ताङका व्यापारीहरुका अनुसार यस वर्ष कोरला नाकाबाट नसोचेको परिमाणमा मुस्ताङी आलु चीन तर्फ निर्यात भएको छ । नाम बताउन नचाहने एक व्यापारीका अनुसार औपचारिक रुपमा व्यापारिक उद्धेश्यले नाका नखुलेको भएपनि व्यवहारिक प्रयोजनका लागि सामानहरु ‘यताका उता र उताका यता’ ल्याउने लैजाने भने गरिएको छ ।व्यापारिक प्रयोजनका लागि मात्रै नभएको कोरला नाका संचालन पछि पर्यटन व्यवसायमा पनि उल्लेख्य फाइदा पुग्ने बताइएको छ ।

हिन्दू र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथ र दामोदरकुण्ड मुस्ताङमा नै पर्ने हुँदा नाका खेलेपछि यहाँ चिनियाँ पर्यटक र तीर्थयात्रीहरु प्नि बृद्धि हुने विश्वास मुस्ताङवासीको रहेको छ । त्यसैगरी सोही नाका हुँदै भारतीय तीर्थयात्री चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर पुग्ने भएकाले भारतीय धार्मिक पर्यटकहरु पनि बढ्ने विश्वास उनीहरुको छ ।