---Advertisement---

ओठलाई सुन्दर बनाउन अपनाउनुस् यस्ता उपाय

On: March 22, 2019 3:57 PM
Follow Us:

एजेन्सी ।ओठ मानिसको सुन्दरताको प्रतिरुप हो। विशेषगरी महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउछन्। लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन लगाउँछन्।

दूधको तर 
ओठको सुख्खापन हटाउँन थोरै तर ९मलाई० मा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा बिस्तारै मालिस गर्नुहोस्। यसले केही दिनमै ओठ मुलायम र गुलाबी भएको पाउनुहुनेछ।

गुलाबको पत्ता
ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ। यसलाई नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ। यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउनुहोस् र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउनुहोस् र बिहान धुनुहोस्।

कागती 
कागतीले पनि ओठको कालोपन हटाउँछ। यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनुहोस्।

केसर
काँचो दूधमा केसर मिसाएर पिसी ओठमा लगाउनुहोस्। यसबाट ओठको कालोपन हटी आकर्षक बन्छ।

मह
महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ।यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् या महमा थोरै स्वाग मिसाएर ओठमा लगाउनुहोस्। दिनमा दुइपटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ।

अण्डा 
अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ। यसको लेप लगाउनाले पनि ओठको चमक बढ्छ।

जैतूनको तेल
यदि ओठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउनुहोस्, ओठ चिरिएको निको हुनेछ भने ओठ हल्का गुलाबी पनि हुनेछ।