नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको उपचारका लागि अमेरिकामा पुगेका छन् । सुगर तथा अन्य दीर्घ रोगहरुले थलिएकी सीताले लामो समयदेखि औषधि खाइरहेकी सीता दाहालको उपचारमा एकबर्षसम्म कुनै प्रगति नभएपछि अमेरिकाका प्रख्यात अस्पतालमा पुग्दै गर्दा उपचारकै लागि म्याग्दीको प्राकृतीक उपचारस्थलको रूपमा परिचित तातोपानी कुण्डमा आएर तीनदिन सम्म स्नान गरेको विषयले चर्चा पाएको छ ।

सिंगापुरमा उपचार गराउँदा होस या बेनी जाँदा प्रचण्ड पत्नी सिता तातो पानीमा नुहाइरहेको तस्विर सार्वजानिक भएका थिए। तातो पानीमा नुहाउँदा उनको रोग कम हुन्छ चिकित्सकहरूका अनुसार पानीमा डुबुल्की मारेर गरिने उपचार पद्धतिलाई ुहाइड्रोथेरापीु पद्धति भनिन्छ। हाइड्रोथेरापी उपचार पद्धतिले हाडजोर्नी र नशा बाहेक अन्य रोगहरूको उपचारमा समेत प्रभावकारी हुन्छ।

फिजियाट्री मेडिसिन विशेषज्ञ डाक्टर राजु ढकाल हाइड्रोथेरापी पद्धतिको उपचार विभिन्न अवस्थामा गर्न सकिने बताउँछन्। उनका अनुसार हाइड्रोथेरापी उपचार पद्धतिमा औषधि प्रयोग हुन्न। यो उपचार पद्धतिबाट शरीरको कडापन कम हुन्छ। दुखाई कम हुने सम्भावना बढ्छ।डा। ढकाल भन्छन्, नशाको रोग मात्रै हैन अनिद्रा, तनाव र मानसिक रोगीहरूलाई पनि ुरिल्याक्सु फिल गराउनको लागि हाइड्रोथेरापी पद्धतिबाट उपचार गरिन्छ।

हाइड्रोथेरापी उपचार पद्धतिले सबैलाई फाइदा गर्छ भन्ने हुन्न। रोग निर्मूल गर्नको लागि यो उपचार पद्धति मात्रै प्रभावकारी हुन्न। यो पद्धतिले तनाव र दुखाई कम गराई केही समय ुरिल्याक्सु फिल गराउँछ। उनी भन्छन्, यसले दुखाई कम गराउने र रिल्याक्स फिल गराउने मात्रै हो।हाइड्रोथेरापीु उपचार पद्धतिले सामान्य मानिसलाई पनि साइडइफेक्टु गर्दैन। ब्लड सर्कुलेशन र ब्लडको क्वालिटी राम्रो बनाउन यो थेरापी प्रभावकारी हुन्छ। यसले शरीरका अनावश्यक विकारका पदार्थहरू निष्कासन समेत गर्छ। शरीरका कोषहरुमा पोषण भर्नु पनि यो थेरापीको गुण हो।

उनले भने, शरीरको प्रतिरक्षा प्रणाली, पाचन प्रणाली र औषधि खाँदा हुने साइड इफेक्टलाई पनि हाइड्रोथेरापीलेले कन्ट्रोल गर्छ।विभिन्न अध्ययनहरुले हाइड्रोरोथेरापीले जोर्नी र नसाहरू जाम र कडापन भएको अवस्थामा राम्रो रिजल्ट दिने निष्कर्ष निकालेको छ। त्यसैलेपनि प्रचण्ड पत्नी सीताको यो पद्दतीले उपचार गरिएको हो।

ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, नसा तथा शरीरमा देखिएका विभिन्न किसिमका रोगको निको हुने भएकाले पनि कुण्डलाई प्रचण्ड पत्नीको रोजाई थियो । स्नान गरेर फर्किने बेलामा समेत अध्यक्ष दाहालले कुण्डबाट निको भएको महसुस गरेको बताउँदै पुनः पत्नीलाई लिएर आउने संकेत देखाएका थिए । वीरेनून र गन्ध (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ ।
पहिलोपोष्ट डटकमको साम्रागीको सहयोगमा