हरिप्रसाद पौडेल / रेडियो म्याग्दी १०४.४ मेगाहर्ज ले आफ्नो ११ औ वार्षिक उत्सवको अवसर पारेर प्रथम म्याग्दी पर्यटन महोत्सव २०७५ सुरु गर्ने घोषणा गरेको मिति आज २०७५चैत्र २१ गते लाई २ दिन पछि सारेको छ । किन सकेन महोत्सव समयमानै सुरु हुन ? २० गते पत्र लेखेर २१ गते वाट सुरु हुने भनिएको कार्यक्रम पछि धकेलिनुको कारण के होला ? के साच्चै आयोेजकले भने जस्तो तराइमा भएको आँधि–हुरी को कारण को सम्वेदना हो ? या आन्तरीक तयारी नपुगेको नै कारण हो ? या यि देखाउने कारण मात्र हुन् ।

केहि दिन अगाडी होटल यतिमा भएको आमभेलामा उपस्थित केही यस क्षेत्रका हस्तीहरुको कुरा लाई आँकलन गर्ने हो भने महोत्सव पछि सर्नु उल्लेखित कारण मात्र होइनकी भन्न सकिने आधार देखिन्छ ।वजारमा चलेको हल्ला समेतलाई पछ्याउने हो भने महोत्सव नाम उद्योग वाणिज्य संघ भन्दा अरुले राख्न नपाईने हो भन्ने ठुलो हुटहुटी सुन्न पाइन्छ महोत्सव भनेर कुन सामाजिक संस्थाले गर्न पाउने र कुन सामाजिक संस्थाले गर्न नपाउने भन्ने कुनै कानुनी प्राव्धानको वारेमा मलाई जनाकारी छैन ।

रेडियो म्याग्दीले आयोजना गर्न लागेको प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव र यसवाट वाहिरीएका वहसलाई हेर्दा समग्र म्याग्दी जिल्लाको भन्दा पनि वेनी वजारको सामाजिक परिवेषलाई समेत केहि विश्लेषण गर्न आवश्यक देखिएको छ ।

जिल्ला सदरमुकाम समेत रहेको यस वेनीवजारमा पुरानो पुस्ताको रुपमा नेवार समुदायको पहिलो उपस्थिती देखिन्छ भने उनिहरुसंगै केहि दलित समुदायको उपस्थिती रहेको पाइन्छ पछिल्ला दिनहरुमा वजार विस्तार हुदैजाँदा जिल्लाका अन्य भेगवाट वसाइसराई गरेर आउने जनजाती तथा अन्य जातीको उपस्थिती वाक्लीदै गएको पाइन्छ ।

यसैलाई आधार मान्दा यस क्षेत्रमा अवस्थीत सामाजिक संस्था धार्मिक संस्था शैक्षिक संस्थाहरुमा नेवार समुदायको पहिलो उपस्थिती रहने गरेको छ भने यसको नेतृत्वदायी भुमिकामा म्याग्दी उद्योग वाणिज्य संघले आफुलाई दह्रो गरी उभ्याएको छ । यद्यपी उपस्थिती सवैको देखिएतापनी निर्णायक तहमा त्यसको अनुभुती हुन सकेको छैन ।

झण्डै दुई वर्ष अगाडी सम्मको अवस्थालाई हेर्ने हो भने यस क्षेत्रमा हुने सवै राजनितीक, सामाजिक, संस्कृतिक, धार्मिक र आर्थिक क्षेत्रमा समेत कहाँ–कस्तो–कस्को, के–किन उपस्थतीति हुने वा गराउने सवै स्थानमा उद्योग वाणिज्य संघ म्याग्दीले कहीँ न कहीं आफ्नो भुमिका प्रदर्शन गरीरहेको नै थियो । स्थानिय तहको निर्वाचन पश्चात केहि कमि आएको छ ।

रेडियो म्याग्दी प्रथम पर्यटन महोत्सव को विषयमा वजारमा आएको वहसमा कुनै न कुनै रुपमा उद्योग वाणिज्य संघको चासो देखिएको पाइन्छ जुन जायज यस मानेमा हुन सक्छ यसलाई वढि भन्दा वढि सफल वनाउन कसरी सहयोग गर्न सकिन्छ ? समन्वय सहकार्य गर्न आयोजक कती लालायीत वन्यो या एकपक्षिय ढंगले अगाडी वढ्यो त्यो त आयोजक ले वुझ्ला तर परिवेष यसरी छताछुल्ल वनेको छ कि यस महोत्सव संग हिजोको म्याग्दी क्याम्पसले आयोजना गरेको महायज्ञको अवस्था जस्तो देखिएको छ । यसले अन्तत सामाजिक हित हुने देखिदैन ।

यस्ता कार्यक्रमहरु हुँदा किन यो समाज विभाजनको संघारमा पुग्छ, यो महोत्सव असफल हुनु भनेको के आयोजक मात्रै असफल हुनु हो एउटै डुंगामा चढेका यात्री ले विपरीत साइड डुवेको देखेर मलाई केही भएको छैन भनेर मख्ख परेर वसेजस्तो होइन र । हामी यस क्षेत्रमा वसोवास गर्ने सवैले सहकार्य र सह–अस्तित्वको विकास कहिले देखि गर्ने ?

हामी यती सम्म निकृष्ट सोचमा पुगेका छौ की हिजो उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्दा सवैको साथ नभएको भए के यि महोत्सवहरु सफल वन्न सक्थे ? केहि वर्ष पहिले सम्मको आयोजनालाई हेर्ने हो भने वजारका स्थानियहरुको दिउसो टिकट काटेको र साँझ घरमा भान्सा चलेको थाहा पाइदैन भन्ने हल्ला समेत सुन्ने गरिन्थ्यो, आर्थिक सहभागिता वजारको फिडर एरीयावाट आएका गाउले दाजुभाई तथा वजारमा वस्ने अन्य वर्गवाट मात्र हुने गर्दथ्यो ।

वडाले जो ग¥यो त्यो हुन्छ सर्वसम्मत भन्ने अवस्था किन सृजना हुन्छ ? जिल्ला प्रशासन को अनुमती मा जिल्ला प्रहरी कार्यालय अगाडी मिनि क्यासीनो स्तरका खेल सञ्चालन भएको हामिले देखेको भोगेको हो ।आयोजकको कमजोरी के मा हो ? किन समन्वय गर्न कन्जुस्याई गर्याे आयोजकले, जुँगाको लडाइ लडेर लक्षमा पुग्न सकिदैन भन्ने कुराको हेक्का नराखेर हो की, केही अर्थाेपार्जन गर्ने हो जसरी पनि भइहाल्छ भन्ने निहीत स्वार्थ राखेर हो ?

२१ गते सञ्चालन गर्ने तयारीमा रहेको विशाल कार्यक्रम २० गतेको पत्रवाट सुरक्षा लगाएतका कारण देखाउदै पछि सारीएको जानाकारी गराउदा आयोजक पहिलो पटक चुकिसक्यो यो अवस्था किन आयो ? प्रशासनले २ दिनलाई मात्रै सुरक्षा को थप चुनौती कसरी देख्यो ? त्यो पनी अन्तिम घडिमा ? आन्तरीक तयारी गर्न नसकेकै हो भने यो लाजमर्दाे विषय हो जिल्लाकै पहिचान वोकेको कार्यक्रम आयोजना गर्न अगाडि सर्ने अनि तयारी पुगेन भनेर पछि सार्नु यो समग्र जिल्लाको अक्षमताको विषय हो यसलाई कम आक्न मिल्दैन ।

समाजिक सञ्जाललाई हेर्ने हो भने साना तिना मेला रोधीको झमेलामा उच्च तहका ब्यक्तिहरुले स्थान खोज्ने होइन भन्ने तहका सुझाव देख्न पाइन्छ के रेडियो म्याग्दी ले आयोजना गर्न लागेको यो कार्यक्रम रोधी नै हो त ? होइन भने यती सम्म छताछुल्ल हुने परिवेषको सृजना कसरी भयो ? सवैको सकारात्मक चासो र चिन्ता होस, राजनितीक ईश्र्या, क्षेत्रिय भावना र जुँगाको लडाई लाई त्यागेर सामाजिक भावना वाट अगाडी वढ्न सकेमा मात्र सवैको हित हुन्छ । लेखक गैरसरकारी महासंघ म्याग्दीका अध्यक्ष हुन् ।

Leave a Reply