काठेखोला गाउपालिका- ५, बिहु घाेडाबाधेमा अाईचर बस दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । ताराखोला गाउँपालिका १ माचखर्कबाट जन्ती लिएर आउदै गरेको ध १ ख ४६८ न. को बस दुर्घटना हुदा काठेखोला गाउँपालिका ०८ का ६४ बर्षिय गङ्गा बहादुर सुनारको घौलागिरी अन्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।

अन्य घाइते छ जना मध्य १ जना गम्भीर रहेकाे र ४ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय बाग्लुङका प्रहरी उपरिक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।  घाइते सबैको धौलागिरी अन्चल अस्पतालमा उपचार हुँदै छ । दुर्घटना भएको बस सडकबाट १० मिटर तल खसेको बताइएको छ । बसले काठेखोला गनउपालिका-८ लेखानिबाट जन्ती लिएर ताराखोला गाउँपालिका ०१ माचखर्कमा गएको थियो । पुन माचखर्कबाट लेखानितर्फ आउदै गर्दा भ्यु टावर नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply