हाम्रो नेपालमा हरेक कुना कन्दरामा मिठो स्वर र राम्रा–राम्रा प्रतिभाहरू दिनानुदिन जन्मी रहेका छन कतीले अबसर पाएका छन अगाडी बढ्न त कती कला र गलाका धनीहरू अबसरको अभाबमा आफ्नो कला र गला गाउँघर मै मेला पात वा गाई बाख्रा चराउंदै गुनगुनाउंदै बन जंगलमै सिमीत रहन पुगेका छन् ।त्यस्तै मध्य एउटा प्रतिभाको धनी उदयमान बाल गायक दिपेन थापा हुन् ।

जो साविकको म्याग्दी जिल्लाको भकुण्डे गा.बि.स.गौंस्वारामा जन्मिएर ६ वर्षको उमेर देखि गीत गाउदै बनमा बाख्रा चराउन जाने गायक दिपेन थापा यतिवेला राष्ट्रमानै ख्याती कमाउन थालेका छन् । थापाले वालापनको स्मरण गर्दै भने बनमा बाख्रा चराउना जाँदा पनि एक्लै गीत गाउने गर्थे र केही बर्ष पहिले गाउँमा छदा ‘कोही छैन साथमा बाँकी जीवन तिम्रै हातमा’ गीत गाएर जब फेसबुकमा आयो त्यही गीत एकाएक भाइरल बन्न पुग्यो । दिपेन थापालाई एकाएक कलाप्रेमीहरुले खोजीगर्न थाले।

त्यससंगै उनलाई साँगीतिक क्षेत्रमा लाग्नको लागि सहयोग र साथ दिन उनको भगवान बनेर आइपुगे रमेश बिक्रम रत्न र शिक्षा दिनको लागि नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष । रमेशले दिपेनलाई गीत रेकर्ड गर्न देखि लिएर सांगितिक क्षेत्रमा फड्को मार्न सघाए भने दिल शिरिषले शिक्षाका लागि नेपाल वाणिज्य संघको समन्वयमा बागलुङ जिल्ला सदरमुकाम स्थित चिल्डेनलाईफ ईङ्लिस बोर्डिङ स्कुलमा स्कलरसिपमा अध्ययनको व्यवस्था मिलाए । निम्न वर्गिय परिवारका थापा राम्रो शिक्षा तथा सांगितिक बाटावरणमा हुर्कन चिल्डेनलाईफ ईङ्लिस बोर्डिङले सिकाएको बताउनुहुन्छ । थापाले जन्म दिने बाबा आमा जस्तै कर्म दिनेहरुका कारण यहा आएको बताउनुहुन्छ ।

हाल सम्म ३ वटा गीत रेकर्ड गराइ सकेका गायक दिपेन थापाले बिभिन्न ठाउँमा लाग्ने मेला महोत्सबहरूमा पनि आफ्नो प्रस्तुती दिई रहेका छन् भने दर्शकहरुले समेत अत्याधिक रुचाइरहेका छन् । चिल्ड्रेन लाईफ ईङ्लिस बोर्डिङ स्कुलमा निःशुल्क स्कुल रुपमा कक्षा ९ मा अध्ययनरत दिपेन सबै दर्शक र श्रोता साथै मिडियाको साथ पाएमा भबिस्यमा ठुलो कलाकार बन्ने लक्ष्य पुरा हुने कुरा बताउँछन् ।बाबा– आमा, एक जना दाई र दुई वटा भाईका धनी गायक दिपेनलाई धेरै जनाले सहयोग गरेको र सदा यस्तै सहयोग र साथ मायाको अपेक्षा राखेको बताउछन् । khabarway.com

Leave a Reply