---Advertisement---

न्यूज २४ टेलिभिजनकर्मी थकाली सम्मानित

By -
On: April 22, 2019 10:29 PM
Follow Us:

न्यूज २४ टेलिभिजनका मुस्ताङ संवाददाता सुशील थकाली सम्मानित भएका छन् । न्यूज २४ टेलिभिजनको बार्षिक उत्सवको अवसरमा थकालीलाई उत्कृष्ट सम्वाददाताको रुपमा सम्मान गरेको हो।

टेलिभिजनमा एक बर्षअगाडी आवद्ध भएका थकालीले मुस्ताङका विकास निर्माण, धामिर्क, सामाजिक लगाएतका गतिविधिलाई निरन्तर समाचार सम्प्रेसनमा खेलेको भूमिकाको उच्च मुल्याङ्कन गदैं टेलिभिजनका अध्यक्ष अनिल जोशी लगाएतले नगद र सम्मानपत्रले सम्मान गरेक थिए ।

सम्मानित भएपछि थकालीले मुस्ताङबाट अझै शसक्त रुपमा कलम चलाउने बताए । उनले पर्यटन, धार्मिक तथा तिब्वतसँग जोडिएको मुस्ताङको विकास निर्माणका गतिविधिमा हुने ढिलासुस्ती सहित सम्रग विषयमा केन्द्रित हुने प्रतिबद्धता ब्यक्त गरे। म्याग्दी जिल्लाबाट पत्रकारितामा प्रवेश गरेका थकालीले मुस्ताङबाट नागरिक दैनिकका प्रतिनिधि समेत हुन् । थकालीले साहित्यको विधामा आधादर्जन भन्दा धेरै सम्मान पाइसेकेका छन् ।

-