एक सयबर्ष पुरानो पिपलको रूख बेनी नगरपालिका– ७ बेनी सामुदायिक मावि नजिक रहेको पिपलको पुरानो रूख जरैबाट कटान गरी ब्यापारीक प्रयोजनका लागि संरचना बनाउने प्रयास गरिरहेको छ । नगरपालिकाले आम्दानीको स्रोत पहिचान गर्न भन्दै बेनीबजारभित्रका खाली ठाउँमा भाडाको प्रयोजनका प्रयोग गर्ने भन्दै पीपलको बोट नै काटेपछि चौतफी विरोध भइरहेको छ ।

नगरपालिकाले सम्पदा नै मास्न थालेको भन्दै चौतर्फी आलोचना भइरहेको अवस्थामा एक ब्यक्तिले भने बर र पीपलको रुख रोप्ने अभियानलाई तिब्रता दिएका छन् । पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्धेश्यले बेनी नगरपालिका–२ खवराका चन्द्रवहादुर कार्कीले आफ्नो गाउँ भित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा विगत पाँचबर्ष यता निरन्तर आफ्नो अभियानलाई सञ्चालन गरेका छन् ।

वातावरणीय सन्तुलन कायम राख्न,पानीका मूलहरुको संरक्षण गर्न र सोही कार्यमार्फत धर्मप्राप्त गर्ने उद्धेश्यले भिन्न भिन्न स्थानमा हालसम्म १३ सय विरुवा रोपेका छन् । ५५ वर्षिय कार्कीले ५ हजार विरुवा रोप्ने लक्ष्य रहेको बताए । ‘अभियानलाई निरन्तरता दिएको छु, मैले प्रयास गर्दा पनि सरकारी निकायबाट सहयोग मिलेको छैन’ कार्कीले बेनीअनलाइनलाई भने । उनले तरकारी खेतीसँगै आफ्नो अभियानलाई थप प्रभावकारी बनाउने बताए । १२० वटा वरपिपलका विरुवा रोपेर ती ठाउँहरुमा चौतारी पनि निर्माण गरेका छन् ।

सात्लेपानी, भसभसे, लव्लीहिल,खबरा,ठूलोखबरा लगाएतका ठाउँहरुमा बर,पिपल, समी,सल्लो,वडहर,टुनि, लगाएतकाका विरुवाहरु रोपिएका छन् । म्याग्दीमा फलफुल, तरकारी ब्यवसायबाट धेरै आम्दानी गर्नेमा पर्ने कार्कीले रेखदेखमा समेत समय खर्चने गरेका छन् । उनले पिपलले २४ घण्टा अक्सिजन दिने जानकारी पाएपछि घरआसापमा पीपलको विरुपा समेत हुर्काएका छन् । पिपलका पातलाई धेरै प्रकारका औषधी बनाउन समेत प्रयोग गरिन्छ ।

Leave a Reply