न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालले आफ्नो विद्यालयको गीत बिमोचन गरेको छ । विद्यालयको प्रार्थना शभामा गाइने गीतको श्रब्य (अडियो ) गीत आज प्रार्थना सभामा वेष्ट पोइन्ट एजिकेशन फाउन्डेसन म्याग्दी प्रालिका संस्थापक निर्देशक तथा अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख हरिकृष्ण श्रेष्ठ र शिक्ष अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठले संयुक्त रुपमा बिमोचन गर्नु भएको हो ।

प्रर्थना सभामा राष्ट्रिय गान संगसंगै विद्यालय गीत गाउने गरिन्छ यस भन्दा पहिला २ जना बिद्यार्थीहरुले सो गीत नेतृत्व गर्दै आइरहेका थिए अब भने म्युजिक ट्रयाक संगै बिद्यार्थीहरुले गाउन सक्नेछन।  विद्यालयका पुर्व शिक्षक स्वर्गीय कर्म लामाद्वारा लिखित गीतको शिक्षक रोशन गुरुङ र दिपेन राइले संगीत गरेका थिए ।

रेकर्डिंग गरिएको गीतमा संगीत संयोजन संगीतकार सामसंग तामांगको रहेको छ । उक्त गीतमा विद्यार्थीहरु, बिनिता आचार्य, लकिसा छन्त्याल, पुजा श्रेष्ठ, जुना घर्ति, यमुना पुन, लकुस पुन रोशन गुरुङ र सरोज लकान्द्रिको रहेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

Leave a Reply